७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँ छिचोल्दै सीमामा नेपाली सुरक्षाकर्मीको गस्ती



अ+ अ-

सिमकोट (हुम्ला)। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही दिनअघि हिमपात भएको र तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरे पनि सुरक्षाकर्मीले नियमित गस्ती छोडेका छैनन् । हिल्साको सीमा सुरक्षा चौकीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेको टोलीले किट क्षेत्र, लिमी र नारातर्फ सीमा स्तम्भको निरीक्षण गर्दै आएको छ । अहिले यहाँको तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरिसकेको र अझै घट्ने क्रममा रहेको इञ्चार्ज केसीले जानकारीे दिनुभयो ।

बिहान उठ्दा धारा, शौचालय, बाल्टिनमा राखिएको पानी जम्ने गरेको जानकारी दिँदै जटिल अवस्थामा पनि सीमा क्षेत्रमा अवाञ्छित गतिविधि नहोस् भनेर गस्ती जारी राखिएको उहाँले स्पष्ट पार्नुुभयो । बीओपीमा २० देखि २५ जना सुरक्षाकर्मी बस्नुपर्नेमा हिल्सामा हाल २० जना छन् । चार हजार छ सय मिटर अग्लो नारा लेकमा बाक्लो हिउँ छ र हावा पनि लाग्ने भएकाले समस्या हुने गरेको छ । हिल्सा कर्णाली नदीको गहिरो खोँचमा भएका कारण हिउँदमा घाम पनि थोरै समय लाग्छ । हावा पनि त्यतिकै चल्ने भएको हुँदा त्यहाँको बसाइँ कष्टकर हुने गरेको छ । हिमपातका कारण मङ्सिरदेखि चैतसम्म नारा लेकमा आउजाउ बन्द हुन्छ ।

पारिपट्टि चिनियाँ सुरक्षाकर्मी पक्की घरमा बस्दै आएको भए पनि नेपाली सुरक्षाकर्मीलाई भाडाको घरमा बस्नुपर्ने बाध्यता छ । प्रतिकूल अवस्थाका कारण सीमा सुरक्षा पोस्टमा खटिने सुरक्षाकर्मीका लागि छ महिना पुग्ने राशनपानी, दाउरा र अन्य बन्दोबस्तीका सामान हिल्सामा व्यवस्था गरिसकिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले
जानकारी दिनुभयो ।

अन्य सञ्चार माध्याम नभएको हिल्सामा चौकीका लागि सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा सम्पर्क हुने गरी एक लाइन भिस्याट फोन जडान गरिएको छ तर त्यो घाम लागेको दिन मात्र सञ्चालन गर्न सकिने इञ्चार्ज केसीले बताउनुभयो । नेपाल प्रहरीको हिल्सामा रहेको चौकी केही समयअघि सदरमुकाम फिर्ता भइसकेको छ । गोरखापत्र दैनिक