१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका अभिभावकीय भुमिकामा

नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका अभिभावकीय भुमिकामा
अ अ+ अ-

काठमाडौँ । नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका अभिभावकीय भुमिकाको रुपमा रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार काठमाडौंमा सार्वजनिक गरेको बालबालिका सम्बन्धि तथ्यांकीय प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

१० वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुसँग गरिएको कुराकानीमो सो तथ्यांक भेटिएको सो कार्यालयका जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो । नेपालमा ६६ लाख ६० हजार ८४१ परिवार रहेका छन् । ती परिवार मध्ये ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको देखिएको सो तथ्यांकमा भनिएको छ । निर्देशक लामिछानेले त्यसमा पनि बालिकाहरु बढी परिवारमुलीको रुपमा रहेको पाइएको पनि बताउनु भयो । उहाँकाअनुसार बालक ०।३६ प्रतिशत र बालिका ०.७१ प्रतिशत छन् । परिवारमुलीको रुपमा बालिकाको संख्या बढी देखिएको पनि निर्देशक लामिछानेले बताउनु भयो । प्रतिवेदनमा शहरी र अर्ध शहरी क्षेत्रमा बालिकाहरुको संख्या परिवारमुलीको रुपमा बढी रहेको पनि औंल्याइएको छ ।

निर्देशक लामिछानेले भन्नुभयो, ‘कति वटा परिवारमा बालबालिका रहेछन् भनेर हेर्दाखेरी नेपालमा करिव ७१ दशमलव ३ प्रतिशत परिवारमा बालबालिकाको उपस्थिति रहेछ । कम्तीमा एक जना बालबालिका भएको परिवार ७१।३ प्रतिशत रहेछन् । ३० प्रतिशत घरमा करिव २९ प्रतिशत परिवारमा बालबालिका रहेनछन् भन्नेकुरा आयो । अब परिवारमुलीको हिसावले हामीले ६६ लाख ६० हजार ८४१ परिवार हाम्रो जम्मा परिवार हो । त्यो परिवारमध्ये ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको अवस्था देखिन्छ ।

१० वर्षदेखि १७ वर्ष उमेरका बालबालिका परिवारमुलीको रुपमा रहेका छन् । यो पर्सेन्टेजको हिसावले भन्ने हो भने नेपालमा ० दशमलव ४७ प्रतिशत बालबालिकाहरु परिवारमुलीको रुपमा रहेका छन् भने बालक चाहीँ ० दशमलव ३६ प्रतिशत र बालिका ० दशमलव ७१ प्रतिशत भनेपछि परिवारमुलीको रुपमा बालिकाको संख्या अलि बढी देखिन्छ । र शहरी र अर्ध शहरी क्षेत्रमा हामीले हेर्‍यौं भने बालिकाहरुको संख्या परिवारमुलीको रुपमा बढी रहेको देखिन्छ । सबैभन्दा बढी ग्रामिण क्षेत्रमा ० दशमलव ६९ प्रतिशत रहेको छ ।’

७१ दशमलव ३ प्रतिशत परिवारमा बालबालिका रहेपनि करिव २९ प्रतिशत परिवार भने बालबालिकाविहीन रहेको पाइएको निर्देशक लामिछानेले बताउनु भयो ।

नेपालमा बालबालिकाको संख्या घट्दै गएको प्रतिवेदनले देखाएको छ । निर्देशक लामिछानेकाअनुसार पछिल्लो १० वर्षको अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घट्न गएको छ । नेपालका हाल ९८ लाख ६९ हजार ५८३ अर्थात कुल जनसंख्याको ३३।८ प्रतिशत बालबालिका रहेका छन् ।

०—१७ वर्षसम्मको जनसंख्या ९८ लाख ६९ हजार ५८३

नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये बालबालिका (१८ वर्षभन्दा कम उमेरका अर्थात ० देखि १७ वर्षसम्मका) को ९८ लाख ६९ हजार ५८३ (३३.८ प्रतिशत) रहेका छन् । जसमध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेको छ । कुल पुरुषमध्ये बालक ३६ प्रतिशत र कुल महिलामध्ये ३२ प्रतिशत बालिका रहेका छन् ।

बालबालिकाको लैङ्गिक अनुपात १०७.६ जना अर्थात प्रतिएक सय जना महिलामा १०७.६ जना पुरुष रहेको छ । जबकी समग्र जनसङ्ख्यामा महिलाको जनसङ्ख्या पुरुषकोभन्दा करिव ६.५ लाखले बढी छ भने समग्र बालबालिकाको जनसङ्ख्यामा बालकको जनसङ्ख्या बालिकाको भन्दा करिव ३.६ लाखले बढी रहेको छ । त्यसैगरी समग्र लैङ्गिक अनुपात ९५.६ मा बालबालिको लैङ्गिक अनुपात निकै बढी देखिएको छ ।

नेपालमा सबैभन्दा धेरै १० देखि १४ वर्षसम्मका बालबालिका

नेपालमा सबैभन्दा धेरै (२९.५ प्रतिशत) १० देखि १४ वर्षसम्मका बालबालिका रहेका देखिन्छन् । दोस्रो, तेस्रो र चौथोमा रहेका छन् क्रमश: ५ देखि ९ वर्ष, ४ वर्षभन्दा कम र १५ देखि १७ वर्षसम्का बालबालिका छन् ।

बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर – १.१ प्रतिशत

वि।सं। २०५८ बाट २०६८ मा बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.४६ प्रतिशत रहेको थियो । वि.सं. २०६८ बाट २०७८ मा पुग्दा यो ऋणात्मक रह्यो । अहिले यो – १.१ प्रतिशत हुन पुगेको छ । यस दश वर्षको अवधिमा समग्र जनसङ्ख्या १०।१ प्रतिशतले थप हुँदा बालबालिकाको जनसङ्ख्या १०.९ प्रतिशतले घट्न गएको देखिएको छ । जसमध्ये बालकको तुलनामा बालिकाको जनसङ्ख्या करिव ४ प्रतिशत बिन्दुले बढीले घटेको छ ।

वागमती र गण्डकी प्रदेशका परिवारमा बालबालिका बसोवासमा कमी

नेपालका कुल परिवार ६६ लाख ६६ हजार ९३७ मध्ये ७१.३ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्षभन्दा मुनिका बालबालिका रहेका छन् । सबैभन्दा बढी तराईका ७६.१ प्रतिशत परिवारमा बालबालिकाको बसोवास रहेको छ भने सबैभन्दा कम पहाडका परिवारमा कम बालबालिका बसोवास रहेको देखिएको छ । अर्धशहरी (७६.४ प्रतिशत) र ग्रामिण (७०.५ प्रतिशत) क्षेत्रको तुलनामा शहरी (६५.० प्रतिशत) क्षेत्रका कम परिवारमा बालबालिका बसोवास रहेको छ । बालबालिकाको बसोवास वागमती र गण्डकी प्रदेशका परिवारमा अन्य प्रदेशको तुलनामा कम छ ।

नेपालका एकल परिवारमा ५४.१ प्रतिशत र ४५.९ प्रतिशत संयुक्त परिवारमा कम्तीमा एक जना बालबालिको बसोवास रहेको छ । मधेस र सुदूरपश्चिम प्रदेशमा करिव बराबर पारिवारिक संरचना (एकल र सयुक्त) मा बालबालिकाको बसोवास रहेको छ भने अन्य प्रदेशमा संयुक्त परिवारमा भन्दा एकल परिवारमा बालबालिकाको बसोवास रहेको छ । यसले परिवारको संरचना एकल परिवारतर्फ उन्मुख भएको देखिएको तथ्यांकमा देखाइएको छ ।

१० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १.६ प्रतिशतको विवाह

देशका १० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १.६ प्रतिशतको विवाह भएको छ । विवाहित बालवालिका सर्वाधिक (२.६ प्रतिशत) कर्णालीमा र सबैभन्दा न्यून (१.१ प्रतिशत) वागमतीमा रहेको देखिन्छ । नेपालमा बाल विवाह विद्यमानतादर १४.१ प्रतिशत छ । पुरुषतर्फ यो मान ५.० प्रतिशत भने महिलातर्फ २१.९ प्रतिशत रहेको छ । वालविवाहलाई दिगो विकासको महत्वपूर्ण सूचकको रुपमा लिइएको छ । यो सूचक कुल २० देखि २४ वर्षका महिलामा २० देखि २४ वर्षका विवाहित महिलाले १८ वर्ष नपुग्दै विवाह गरेको अधारमा गणना गरिन्छ ।

प्रदेशस्तरमा बाल विवाह हुने पुरुषको सर्वाधिक (९.५ प्रतिशत) विद्यमानतादर कर्णाली प्रदेशमै रहेको छ भने दोस्रो (५.७प्रतिशत ( मधेस प्रदेश र तेस्रो (५.५ प्रतिशत) लुम्बिनी र सुदूरपश्चिम प्रदेश रहेका छन् । यी तथ्याङ्गले नेपालमा पुरुषको तुलनामा महिलाको बाल विवाहको विद्यमानतादर दोब्बरभन्दा बढी रहेको स्पष्ट देखिन्छ । हिमाल, पहाड र तराईको विश्लेषण गर्दा गणनाको समयमा २० देखि २४ वर्ष उमेर भएका पुरुष र महिलामध्ये १८ वर्ष उमेर पूरा नभई हुने बाल विवाह सर्वाधिक (१५.४प्रतिशत) तराईमा छ भने हिमालमा १४.९ प्रतिशत र पहाडमा १२.२ प्रतिशत मात्र छ । यसबाट बाल विवाहको समस्या तराई र पहाडमा भन्दा हिमालमा न्यून रहेको देखिन्छ ।
परिवारको सम्पन्नताको पञ्चम वर्गीकरणअनुसार गणनाको समयमा २० देखि २४ वर्षका युवा र युवतीको जनसङ्ख्यालाई हेर्ने हो भने बाल विवाह अति न्युन वर्गभित्र सर्वाधिक (२०.८प्रतिशत) रहेको देखिन्छ । न्यून वर्गभित्रका बालबालिकामा बाल विवाहको विद्यमानता (१७.८ प्रतिशत) रहेको छ । अति उच्च वर्गमा यो सबैभन्दा न्यून (४.९ प्रतिशत) छ भने उच्च वर्गमा यो ११.७ प्रतिशत मात्र छ (तालिका २७) । यसरी परिवार सम्पन्न हुँदै जाँदा बाल विवाहजस्तो सामाजिक समस्या पनि केही हदसम्म घट्दै गएको देखिन्छ ।

बालबालिका र साक्षरतादर

५ वर्ष र सोभन्दा माथिल्लो कुल जनसङ्ख्यामध्ये ९४.१ प्रतिशत साक्षर रहेको देखिएको छ । साक्षर बालबालिकामध्ये ४६.१ प्रतिशतले प्राथमिक तह पूरा गरेको देखिन्छ । एस।ई।ई। वा सोसरह र सोभन्दा माथिको तह उत्तीर्ण गर्नेको अंश ६ प्रतिशत रहेको छ ।

नेपालमा अझै पनि ५.४ प्रतिशत बालबालिका कहिल्यै विद्यालय नगएका छन भने विचैमा पढ्न छाडेका ५.३ प्रतिशत देखिन्छ । विद्यालय नजाने बालबालिका हिमाल र पहाडको तुलनामा तराईमा सर्वाधिक (८.०प्रतिशत) रहेको छ । पहाडमा यो केवल १.९ प्रतिशत रहेको छ । प्रादेशिक तहमा हेर्दा १४.० प्रतिशतसहित मधेस सबैभन्दा उच्च अवस्थामा छ भने गण्डकी १.१ प्रतिशतसहित न्यूनतम अवस्थामा छ ।

किशोरी आमाको सङ्ख्या

बालबालिकाको उमेर समूहभित्र पर्ने किशोरी आमा (१३ देखि १७ वर्षसम्म) १५ हजार १२५ जना रहेका छन् । किशोरी आमामध्ये सर्वाधिक (४८.४प्रतिशत) तराईमा छन् भने हिमालमा ७.६६ प्रतिशत रहेका छन् । शहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा किशोरी आमा बढी छन् ।

बालबालिकाको मृत्युको अवस्था

मृत्यु भएका कुल १५ हजार ८६८ बालबालिकामध्ये सर्वाधिक (६३.९प्रतिशत) अंश ४ वर्षभन्दा कम उमेरका बालबालिकाको रहेको छ । दोस्रो (१३.३प्रतिशत), तेस्रो (१२.६प्रतिशत) र अन्तिममा (१०.३प्रतिशत) क्रमश: १०–१४, ५–९ र १५–१७ उमेर समूहका बालबालिका रहेका छन् ।

घरको स्वामित्व र बालबालिकाको उपस्थिति

बालबालिका भएका परिवारमध्ये ८७.४ प्रतिशतको आफ्नै स्वामित्वको घर, ११.५ प्रतिशतको भाडाको घर, ०.४ प्रतिशत संस्थागत घर र ०.७ प्रतिशत अन्य प्रकारको आवासीय एकाइमा बसोवास गर्दछन् ।

बालबालिका र घरेलु कामदार

१८ वर्षभन्दा मुनिका घरेलु कामदारको हैसियतमा परिवारभित्र रहेका बालबालिका नेपालमा ०.०३ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ ।