३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

चांगाथलीका २० वर्षे हिमाञ्चल राज केसीले जिते फेस अफ नेपाल २०२४ को टाइटल



अ+ अ-

काठमाण्डौ । ललितपुर चांगाथलीका २० वर्षे युवक हिमाञ्चल राज केसीले एशिया मोडेल फेस्टिबलको लागि ‘फेस अफ नेपाल २०२४’ उपाधि जितेका छन् ।

‘फेस अफ नेपाल २०२४’ टाइटल जितेसंगै हिमाञ्चलले आउँदो नोभेम्वरमा दक्षिण कोरियामा आयोजना हुने एशियाली मुलुकका मोडेलहरुबीच प्रतिष्पर्धा हुने फेस अफ एशिया अर्थात एशिया मोडेल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउनेछन् ।

राजधानीको दरवारमार्गस्थित होटेल याक एण्ड यतीमा बिहीबार साँझ आयोजित फाइनल प्रतियोगितामा सहभागी अन्य ९ जना प्रतिष्पर्धिलाई पाखा लगाएर हिमाञ्चलले सो उपाधि जितेका हुन् । यसअघि उनी उत्कृष्ट १० मा छनौट भएका थिए ।

सो प्रतियोगितामा आर्यन सोनी चौधरीले जज च्वाइस जितेका छन भने फेस अफ नेपालको महिलातर्फको टाइटल सिम्रन चन्द ठकुरी र टिना परियारले जितीन् ।

‘फेस अफ नेपाल २०२४’ मुख्य उपाधिको साथै हिमाञ्चलले देश विदेशबाट सर्वाधिक मतको उपाधि र उत्कृष्ट शारिरीक सुगठन गरि तीनवटा उपाधि जितेका छन् ।

महालक्ष्मी नगरपालिका वडा नं ७ चांगाथलीका व्यवसायी एवम् समाजसेवी राजकुमार र गृहणी सविता केसीका छोरा हिमाञ्चलराज राजधानीको कमलपोखरीस्थित इस्लिङ्गटन कलेजमा बिबिए चौथो सेमेष्टरमा अध्ययन गर्दैछन् । उनी २०६१ बैशाख ७ गते चांगाथलीमा जन्मेका हुन् ।

६ फिट १ इन्च अग्ला हिमाञ्चलले बर्जर पेण्टस् लगायत विभिन्न व्यवसायीक विज्ञापनहरुमा मोडेलको रुपमा खेलिसकेका छन् ।