२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरसहित पूर्वी नेपालमा भूकम्पको धक्का



अ+ अ-

विराटनगर । विराटनगरसहित पूर्वी नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भारतको सिक्किम केन्द्र भएर गएको भूकम्पको धक्का कोशी प्रदेशको राजधानी विराटनगरसहित आसपासका जिल्लामा महसुस भएको हो । आज बिहान ७ बजेर १२ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

४ दशमलव ५ म्याग्निच्यूटको भूकम्प गएको भारतको केन्द्रीय यूरो–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु दार्जिलिङ भन्दा २२ किलोमिटर टाढा पर्छ । यो नेपालको सीमा क्षेत्र भएकाले नेपालका केही जिल्लामा धक्का महसुस भएको हो ।