६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले लिए पद तथा गोपनियताको शपथ

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले लिए पद तथा गोपनियताको शपथ
अ+ अ-

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रुपमा प्रोफेसर मुहम्मद युनुसले शपथ लिएका छन् । उनी नोबेल पुरस्कार विजेता हुन् ।

युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा आज राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

युनुस नेतृत्वको अन्तरिम सरकारमा १६ सदस्य छन् । तीमध्ये नहिद इस्लाम र आसिफ महमुद आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने विद्यार्थी नेता हुन् ।

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी ८४ वर्षीय युनुसले पाएका हुन् ।

हसिनाको शासनकालमा भ्रष्टाचार र कानुन उल्लंघनका नाममा दर्जनौँ मुद्दा खेपेका युनुस खासमा बंगलादेशका गरिब नागरिक र अन्तर्राष्ट्रिय समुदायमा भने उनी नेतृत्वका विभिन्न सामाजिक अभियानहरुका कारण चर्चित र सम्मानित छन् । त्यही सम्मानित व्यक्तित्वका कारण मुलुकको राजनीतिक संक्रमणकाललाई पार लगाउने अभिभावकका रूपमा युनुसलाई अघि सारिएको हो ।

हसिनाको सत्ता ढाल्ने कारक बनेको विद्यार्थी आन्दोलनका अगुवाहरूले सुरूमा युनुसलाई अन्तरिम सरकारको प्रमुखको रूपमा अघि सारेका हुन् । विद्यार्थी आन्दोलनका अगुवाको मागलाई सम्बोधन गर्दै बंगलादेशको सेना र अन्य राजनीतिक दलहरूले पनि युनुसलाई जिम्मेवारी दिन तयार भए । सबैको आग्रहलाई स्वीकार्दै युनुस सरकारको प्रमुख बनेका छन् ।