२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोभिता धुलिपलासँग इन्गेजमेन्ट गर्दैछन् नागा चैतन्य



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले इन्गेजमेन्ट गर्दैछन् ।

द ग्रेट आन्ध्रको एक रिपोर्टका अनुसार यो जोडीले चैतन्यको घरमा बिहीबार एक समारोहको बिच इन्गेजमेन्ट गर्दैछन् ।

नागा चैतन्यले सन् २०१७ मा सामन्था रुथ प्रभुसँग विवाह गरेका थिए । तर, तीन वर्षमै उनीहरुको सम्बन्धविच्छेद गरेका थिए । यी दुबैले हालसम्म अलग हुनुको कारण भने खुलाएका छैनन् ।

सामन्थासँग सम्बन्धविच्छेद भएको तीन वर्षपछि नागा चैतन्य फेरि एकपटक दुलहा बन्ने तयारीमा छन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने, अभिनेताले आज आफ्नी प्रेमिका शोभिता धुलिपलासँग इन्गेजमेन्ट गर्दैछन्।

शोभिताले आफ्नो करियर मोडलिङबाट सुरु गरेकी थिइन्, शोभिताले सन् २०१३ मा मिस इन्डिया अर्थको उपाधि जितेकी थिइन् । सोही वर्ष मिस इन्डिया प्रतियोगितामा उनी दोस्रो भएकी थिइन् ।

यसपछि उनले धेरै अडिसन दिए र रिजेक्टको सामना पनि गरे । उनले२०१६ मा अनुराग कश्यपको फिल्म रमन राघव २.० बाट बलिउडमा डेब्यू गरिन्। उनी सैफ अली खानको फिल्म शैफमा पनि देखिएकी थिइन् ।

शोभिताले प्राइम भिडियोको मेड इन हेभेन सिरिजबाट लोकप्रियता कमाएकी थिइन् । शोभिता अनिल कपूर र आदित्य रोय कपुर स्टारर द नाइट म्यानेजरबाट रातारात स्टार भइन्। योसँगै शोभिता ओटीटीकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री पनि बनेकी छिन् ।