१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

विद्यालय शिक्षा विधेयकमा मातृ भाषा दरबन्दीको विषय अनिवार्य राख्न माग

विद्यालय शिक्षा विधेयकमा मातृ भाषा दरबन्दीको विषय अनिवार्य राख्न माग
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले मातृ भाषा दरबन्दी अनिवार्य राख्न माग गर्नुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले संविधानले अधिकार दिएपनि प्रयोगमा नआएको बताउनु भयो । मातृ भाषा पढाउनेहरु धेरै भएपनि दरबन्दी शिक्षकलाई व्यवस्थापकले पैसा उठाएर आफ्नो श्रोतबाट मातृभाषा शिक्षक राख्नुपर्ने विडम्वना रहेको बताउनु भयो । विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलका क्रममा उहाँले ऐन बनाउँदा सो विषयलाई छुटाउन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानले अधिकार दिएको छ तर हाम्रो प्रयोगमा के छ भने मातृ भाषा पढाउनेहरु धेरै हुन्छन्, तर त्यसमा दरबन्दी शिक्षकलाई व्यवस्थापकले पैसा उठाएर स्कुलले आफ्नो श्रोतबाट मातृभाषा शिक्षक राख्नुपर्ने विडम्वना छ । यसलाई अहिले ऐन बनाउँदा यो विषयलाई हामीले छुटाउनु हुँदैन । मातृ भाषा दरबन्दी अनिवार्य राख्नुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा एमालेकी सचेतक सुनिता बरालले विद्यालय शिक्षालाई बलियो बनाउन संघीय संरचनालाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले तीन तहको सरकार छ भन्नेकुराको बोध गर्नसके विद्यालय शिक्षा बलियो बन्ने जिकिर गर्नुभयो । उहाँले परीक्षा बोर्डले तोकेको मापदण्डभित्र बसेर कार्यविधि बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले परीक्षा सञ्चालनको विधि के, व्यवस्थापन र प्रमाणीकरण विषयलाई प्राविधिक र सैद्धान्तिक विषयलाई वर्गीकरण गरेर प्रदेश र स्थानीय तहलाई सहजीकरण गर्नेगरी मेकानिजम बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यालय शिक्षालाई मुलत: बलियो बनाउने भन्दैगर्दा हामीले संघीय संरचनालाई व्यवस्थित गर्ने तर अनुगमनको फेरि यो तीन तहको संरचना छ भन्नेकुरा नबिर्सिने हो की भन्ने लाग्छ । कार्यकारी जिम्मेवारी तल पनि हस्तान्तरण गर्दै जाने तर अनुगमनको केही न केही मेकानिजम बनाएर त्यसलाई व्यवस्थित गर्नुपर्छ । प्राविधिक कामहरु स्थानीय तहलाई छोडे पनि परीक्षा बोर्डले तोकेको एउटा मापदण्डको भित्र बसेर कार्यविधि बनाउने, कार्य सञ्चालन विधि बनाउने भन्नेकुरा लेख्नुपर्छ । सार्वजनिक तथा निजी लगानीका विद्यालयहरुको विषय छ । यो बोर्डलाई समावेशी बनाउने कुरामा ध्यान दिन जरुरी छ । परीक्षा सञ्चालनको विधि के, व्यवस्थापन र प्रमाणीकरण विषयलाई प्राविधिक र सैद्धान्तिक विषयलाई वर्गीकरण गरेर प्रदेश र स्थानीय तहलाई सहजीकरण गर्ने गरीको एउटा मेकानिजम बनाउनुपर्छ ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विद्यार्थीलाई पढ्ने की सिकाउने भन्नेकुरामा स्पष्ट नरहेको जिकिर गर्नुभयो । २०७२ सालको नेपालको संविधानले जिल्ला शिक्षा कार्यालय नचिन्ने तर जिल्लाको कार्यालयहरुले खर्च बढाइरहेको बताउनु भयो । संविधानको अवलम्वन, अभ्यास गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पढ्ने की सिकाउने भन्नेकुरामा हामी स्पष्ट छैनौँ । हामी पढाइ मात्रै रहेका छौँ । हामी सिकाइरहेका छैनौँ । त्यसैले पढाउने हो की सिकाउने हो रु त्यो कुरामा पनि हामी स्पष्ट हुनुपर्छ । जिल्ला शिक्षा कार्यालय २०७२ सालको नेपालको संविधानले त जिल्ला चिन्दैन नि । तर जिल्लाको कार्यालयहरुले खर्च किन बढाइरहेका छौँ हामी । अनि दोष संघीयतालाई दिइरहेका छौँ । संविधानको अवलम्वन, अभ्यास गरौँ न । खर्च त त्यहाँ भइरहेको छ नि । जुन संविधानले चिन्दै नचिनेको संयन्त्र र तहको अभ्यास गर्ने, त्यसको खर्च बढाइराख्ने अनि दोष व्यवस्थालाई दिइराख्ने रु संविधानको कार्यान्वयन गर्ने हो भने त्यो चाहिँदैन हामीलाई ।’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बुधवार विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको हो ।