१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पुन: राजपाक्षे परिवारबाट नै उम्मेदवारी



अ+ अ-

एजेन्सी । श्रीलङ्काको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ ।

श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध समारोहमा ३८ वर्षीय नमाल राजपाक्षेलाई उम्मेदवार बनाएको हो ।

एसएलपीपीका सचिव सागरा करियावासमले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी मनोनयनबारे भन्नुभयो, “सावधानीपूर्वक विचार गरेपछि पार्टीले नमाललाई राष्ट्रपतिपदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।”

पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा नमालले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने उहाँको कार्यबाल सन् २०१५ जनवरीमा समाप्त भएको थियो ।

उहाँका काका गोटाबय राजापाक्ष सन् २०१९ नोभेम्बरमा राष्ट्रपतिपदमा बिजय हुनुभएको थियो भने सन् २०२२ मा श्रीलङ्कामा चरम आर्थिक सङ्कटपछि उहाँलाई जनआन्दोलनको बलमा पदच्युत गरिएको थियो ।

राजपाक्षेको चुनावी मैदानमा प्रवेशले चुनावअघि सरकारमा व्यापक विभाजनलाई औपचारिकता दिएको थियो ।

एसएलपीपीका अधिकांश विधायकहरूले पार्टीले आफ्नो नयाँ सहयोगी राष्ट्रपति रानिल विक्रमासिङ्घेलाई समर्थन गरोस् भन्ने चाहेका थिए ।