१९ असार २०८३, शुक्रबार
,
Latest
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार नेपालमा १ हजार ४४ जना कोरोना संक्रमित थपिए, ११ जना मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार नेपालमा १ हजार ४४ जना कोरोना संक्रमित थप भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख २० हजार ६ सय १८ जनाको पिसिआर परीक्षण भएको छ।शुक्रबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार १४८ जना सक्रिय संक्रमित छन्। आज १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ।