३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो



अ+ अ-

चितवन । नारायणगढको नारायणी नदी किनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ । उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा सोमबार साँझ छाडिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य अवस्था राम्रो रहेको छ । एक रात सौराहामा राखेर स्वास्थ्य अवस्था हेरेर निकुञ्जको भित्री भागमा छाडिएको हो । सूचना अधिकारी तिवारीले भन्नुभयो, “स्वास्थ्य, उमेर र मानिसलाई गरेको हानिको मूल्याङ्कन गरेर जङ्गलमा छाडिएको हो ।”

उहाँका अनुसार बाघ बुढो भएर सिकार गर्न नसक्ने भएमा नरभक्षी हुनसक्छ । बाघले बाटो बिराएर नारायणी किनारमा पुगेको र मानिससँग जम्काभेट हुँदा आक्रमण गरेको उहाँको भनाइ छ । रातको समयमा बाघ सक्रिय हुने र जङ्गल फर्किन ढिलो भएर मानिससँग जम्काभेट भएको हुनसक्ने अनुमान गरिएको छ । बाघले मानिसलाई आक्रमण गरेर घाइते बनाएपछि नजिकैको नरकट घारीमा लुकेको थियो । आइतबार बिहान घटना भएकामा साँझ बाघलाई नियन्त्रणमा लिएर सौराहा लगिएको थियो ।

बाघ अन्दाजी पाँच/छ वर्षको भाले हो । उद्धार गरिएको बाघ बुढो भए उसले प्राकृतिक रूपमा सिकार गर्न नसक्ने आधारमा खोरमै राख्ने गरिन्छ । निकुञ्ज क्षेत्रमा खोरमा अहिले छवटा बाघ रहेका छन् । जसमध्ये दुईवटा देवनगरमा, तीनवटा कसरा र एउटा सौराहामा छन् । रासस