२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीका ६८ जनाले गरे क्लिफमा बञ्जी



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् । प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा सशस्त्रका ६८ जनाले आज बञ्जी जम्प गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।

सशस्त्रमा नयाँ प्रवेश गरेका असईहरूका लागि साहसिक खेलअन्तर्गत बञ्जी गराइएको हो ।

कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । पछिल्लो समय एडभेञ्चर हबका रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।

यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विभिन्न तालिमअन्तर्गत विभिन्न समूहले क्लिफमा बन्जी गरेको थियो ।