१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

बंगलादेशको आरक्षण आन्दोलन के हो ? जसका कारण प्रधानमन्त्री शेख हसिनाको कुर्सी हल्लियो

बंगलादेशको आरक्षण आन्दोलन के हो ? जसका कारण प्रधानमन्त्री शेख हसिनाको कुर्सी हल्लियो
अ अ+ अ-

काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन सोमबार चर्किएको छ । हजारौं प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री निवास छाडेको दाबी भइरहेको छ ।

यसअघि आइतबारदेखि सरकारी जागिरमा आरक्षणको विषयलाई लिएर सुरु भएको आन्दोलन फेरि उग्र बनेको छ । यस हिंसात्मक आन्दोलनका कारण तीन सयभन्दा बढीको मृत्यु भएको थियो ।

हिंसा रोक्न देशमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ भने देशमा कर्फ्यू लगाइएको छ । सरकारले आजदेखि तीन दिन सार्वजनिक बिदा दिएको छ ।

बंगलादेशमा जारी हिंसाका कारण धेरै देशले आफ्ना नागरिकका लागि नयाँ सल्लाह जारी गरेका छन् । अर्कोतर्फ संयुक्त राष्ट्र संघले पनि हिंसाप्रति चिन्ता व्यक्त गर्दै तत्काल रोक्न अपिल गरेको छ ।

गत महिना सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको अधिकांश व्यवस्था खारेज गरेको थियो । सर्वोच्च अदालतको आदेशपछि बंगलादेशमा विरोध प्रदर्शन अन्त्य हुने आशा गरिएको थियो तर फेरि एकपटक हिंसाको आगो फैलिएको छ ।

आइतबार (अगस्ट ४) देशैभर भएको हिंसामा झण्डै १०० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । हजारौं प्रदर्शनकारीहरूलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गर्दा मृत्यु भएको थियो ।

कम्तिमा १४ प्रहरी सहित आइतबार मृत्यु हुनेको संख्या बढेको छ । यो संख्या बंगलादेशको हालैको इतिहासमा कुनै पनि आन्दोलनका लागि एकै दिनमा सबैभन्दा बढी हो । यसअघि जुलाई १९ मा ६७ जनाको मृत्यु भएको थियो । उत्तरपश्चिमी सहर सिराजगन्जको इनायतपुर प्रहरी चौकीमा भएको आक्रमणमा १३ प्रहरीको मृत्यु भएको छ ।

आइतबार दिउँसो केही व्यक्ति आएर प्रहरी चौकीमा आक्रमण गरेको बताइएको छ । कतिपय स्थानमा सत्तारुढ दल अवामी लिगका कार्यकर्ता र आन्दोलनरत विद्यार्थीबीच झडपसमेत भएको छ । केही स्थानमा अवामी लिगका कार्यकर्ता र नेताहरुको पनि मृत्यु भएको छ ।

बंगलादेशमा कसरी सुरु भयो हिंसा ?
घटना १९७१ बाट सुरु हुन्छ । यो त्यो वर्ष थियो जब बंगलादेश स्वतन्त्रता युद्ध पछि पाकिस्तानबाट स्वतन्त्र भएको थियो । त्यसको एक वर्षपछि सन् १९७२ मा बंगलादेश सरकारले स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षण दियो । बंगलादेशमा अहिले यो आरक्षणको विरोधमा प्रदर्शन भइरहेको छ ।

जुनको अन्त्यमा सुरु भएको यो विरोध हिंसात्मक थिएन । तर, यी विरोध प्रदर्शनमा हजारौं मानिस सडकमा उत्रिएपछि मामिलाले उग्र रुप लियो । जुलाई १५ मा ढाका विश्वविद्यालयका विद्यार्थीहरूले प्रहरी र सत्तारुढ अवामी लिगले समर्थन गरेको विद्यार्थी संगठनसँग झडप भएको थियो । यस घटनामा कम्तीमा एक सय जना घाइते भएका छन् ।

सन् १९७२ देखि लागू भएको यो आरक्षण प्रणालीलाई सरकारले २०१८ मा खारेज गरेको थियो । जुन महिनामा उच्च अदालतले सरकारी जागिरमा आरक्षण प्रणालीलाई पुनर्स्थापित गरेको थियो । अदालतले आरक्षण प्रणाली अन्त्य गर्ने निर्णयलाई पनि गैरकानूनी भनेको छ । अदालतको आदेशपछि देशभर चर्को विरोध सुरु भएको छ ।

तर, बंगलादेशको शेख हसिना सरकारले उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिएको थियो । सरकारको पुनरावेदनपछि सर्वोच्चले उच्च अदालतको आदेश खारेज गर्दै मुद्दाको सुनुवाइ अगस्ट ७ लाई तोकेको थियो ।

प्रधानमन्त्री हसिनाले अदालतको कारबाहीलाई उद्धृत गर्दै प्रदर्शनकारीको माग पूरा गर्न अस्वीकार गरेपछि यो विवाद झनै चर्कियो । सरकारको यस्तो कदमका कारण विद्यार्थीहरुले आन्दोलनलाई तिब्र बनाएका छन् । प्रधानमन्त्रीले आन्दोलनकारीलाई ‘रजाकार’ भनेकी छन् । वास्तवमा, बंगलादेशको सन्दर्भमा, रजाकारहरू ती हुन् जसलाई १९७१ मा देशलाई धोका दिएको र पाकिस्तानी सेनालाई समर्थन गरेको आरोप लगाइएको थियो ।

आन्दोलनको केन्द्रबिन्दु बंगलादेशको आरक्षण प्रणाली हो । यस प्रणाली अन्तर्गत स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था थियो । सन् १९७२ मा लागू भएको बंगलादेशको आरक्षण प्रणालीमा त्यसयता धेरै परिवर्तनहरू भइसकेका छन् । जब यो २०१८ मा खारेज गरियो, त्यहाँ विभिन्न वर्गहरूको लागि ५६ प्रतिशत सरकारी जागिरहरूमा आरक्षण थियो ।

समय–समयमा गरिएका परिवर्तनहरूबाट महिला र पिछडिएका जिल्लाका जनताका लागि १०–१० प्रतिशत आरक्षण गरिएको छ । त्यस्तै धार्मिक अल्पसंख्यकलाई ५ प्रतिशत र अपाङ्गता भएकालाई १ प्रतिशत आरक्षण दिइएको छ । तर, हिंसात्मक प्रदर्शनको बीचमा, जुलाई २१ मा, बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरहरूमा अधिकांश आरक्षण समाप्त गर्‍यो ।