१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फेरिल’ उपन्यास सार्वजनिक



अ+ अ-

डुम्रे । सीमान्तकृत अल्पसङ्ख्यक दरैर दराई समुदायलाई मुख्य पात्रका रूपमा चित्रण गरी रचना गरिएको उपन्यास ‘फेरिल’ अर्थात् परिवर्तन लोकार्पण गरिएको छ ।

लेखक माधव बिडारीद्वारा लिखित सो उपन्यासमा सो समुदायको संस्कार, संस्कृति, अवस्था र मौलिकपनालाई समावेश गरिएको छ । उपन्यासकार बिडारीले भन्नुभयो, “करिब एक वर्षअघिसम्म मैले दरै समुदायका बारेमा सुनेको पनि थिइनँ । दरै जातिका अध्ययन तथा बुझ्ने हुटहुटीले दरैको बसोबासस्थल रहेर यस समुदायको इतिहास, संस्कृति, संस्कार र जीवनशैलीसम्मका विषय उपन्यासमा समेटेको छु ।”

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले आइतबार उपन्यासको लोकार्पण गर्दै दरै समुदायको संस्कार, संस्कृति र रहनसहनको विषयमा समेटिएर लेखिएको उपन्यासले समुदायसँग सम्बन्धित सबै कुराको संरक्षणको दायित्व बढाएको बताउनुभयो । नेपाल दरै उत्थान समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिजबहादुर दरैले उपन्यासले समग्र जातिसँगै दरै समुदायलाई उपन्यासको कथाका मुख्य पात्र राखेर संस्कार, संस्कृति जोडिएको छ भन्नुभयो ।

दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले उपन्यास ‘फेरिल’ले समुदायमा लुकेर रहेका विषयलाई समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दरै समुदायको भाषा, संस्कार, संस्कृति, रहनसहन र बसाइँसराइका विषय उपन्यासले उजागर गरेको छ । यसले समुदायलाई सचेत गराउनेछ ।”