२४ फाल्गुन २०८१, शनिबार
,
Latest
कतारमा कृसु काव्य सन्ध्या जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती धरानमा ‘अञ्जिला’को भव्य प्रिमियर: निर्देशक भन्छन्, ‘दर्शक प्रतिक्रियाले चलचित्र चल्ने सङ्केत पाएँ’ त्रिभुवन विश्वविद्यालय डिनको कार्यकक्षमा तोडफोडप्रति अनेरास्ववियको निन्दा महिलामाथि हुने शोषणाविरूद्धको सङ्घर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री देउवा बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न जरूरी छ: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते



अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का सोही स्थानका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल (बर्दघाट सुस्तापश्चिम)मा उपचार जानकारी दिनुभयो ।