१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा बने एकै वर्ष २० वटा पुल



अ+ अ-

म्याग्दी । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

गत आवमा गोरखा र तनहुँमा आठ, नवलपुर र बागलुङमा छ, म्याग्दी र कास्कीमा चार, लमजुङ र मनाङमा दुईवटा पुल निर्माण भएका हुन् । गत वर्ष गोरखा नगरपालिकाको दरौदी, बेनीघाट–आरुघाट–रुल्डी सडकअन्तर्गत आरखेतखोला, जरेबर–नारेश्वर–गोरखाबजार सडकअन्तर्गत दरौदी–जरेबर, लाप्राक–गुम्दा–लापु सडकको मुग्लाङ खोलामा मोटरेबल पुल निर्माण भएका हुन् ।

यसैगरी, तनहुँको शालिग्राम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका–५ पुनटारको लुम्दीखोला, बेलसोटी मार्गको म्याग्देखोला, बागेश्वरी मार्गको बुल्डीखोला र आबुखैरेनी गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने खहरेखोला, लमजुङको सेतोपहिरो–बगरेबेँसी सडकको मिदिमखोला (बाग्रेसबेसी), मनाङको पिसाङस्थित छार्ताङखोला, म्याग्दीको मालिका गाउँपालिका–१ र ६ को सिमाना छ्यारछ्यारेस्थित म्याग्दीखोला, मालिका–७ र धवलागिरि–७ को सिमाना भएर बग्ने भारवाङमा म्याग्दीखोलामा पुल निर्माण भएका हुन् ।

पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँका अनुसार कास्कीको अर्मला–भुते–गेर्लाङ गाउँ–हरपक सडकको भुतेखोला र बुढीबजार–डहरे–एयरपोर्ट–चाउथे सडकको बिजरपुरखोला, नवलपुरको बवाक–डेढगाउँ सडकको निरम्दीखोला, गैँडाकोट नगरपालिका–३ र ४ मा पर्ने जयश्रीखोला (दोस्रो) र आमरासा–डुकान–मेनघाट–हुप्सेकोट सडकको गिरबारीखोलामा पुल बनेका छन् ।

यसैगरी, बागलुङको मल्म–रिघा–सिसाखानी–पाण्डवखानी सडकको रिघा सारपेथुङ्गा, डोगाडी–ढोरपाटन सडकको गौडीखोला र नरेठाँटी–हरिचौर सडकको चुक्टीखोलामा पुल निर्माण भएका हुन् । रासस