२४ असार २०८३, बुधबार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैंसेपाटीस्थित सुविधासम्पन्न आवासमा सर्न थाले मन्त्री



अ+ अ-

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको आवासबाट मन्त्रीहरु भैसेपाटीको सुविधासन्पन्न नयाँ आवासमा सर्न लागेका छन् । अहिलेसम्म राष्ट्रिय सभाका उपाध्यक्ष र चार जना मन्त्री भैंसेपाटीस्थित आवासमा सरेका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, खानेपानीमन्त्री प्रदीप यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी नयाँ भवनमा सरेका हुन् ।

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे पनि नयाँ आवासमा सरिसकेकी छन् । एक साताभित्र थप आठ मन्त्री नयाँ आवासमा सरिसक्ने भएका छन् ।

मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय हुने व्यवस्था छ । त्यसैले २४ मन्त्री तथा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षका लागि एक–एक भवन बनाइएको छ । बहुउद्देश्यीय सभाहल, हेल्थ क्लब, स्विमिङ पुल, सुरक्षा जवानहरूको निवासलगायत संरचना भने अझै निर्माण भइसकेका छ्रैनन् ।