काठमाडौ । ललिता निवास जग्गा प्रकरणबारे बयान दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात विषेश अदालतमा हाजिर हुनु भएको छ । आईतबार कार्यलय खुल्ने लगत्तै केही सहयोगीका साथ बस्न्त्यात बिशेष अदालत उपस्थित हुनु भएको हो ।
बस्न्त्यातसँग ललिता निवास जग्गा प्रकरणबारे बयान लिने कार्य भइरहेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश श्री प्रेमराज कार्की तथा न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बस्न्त्यातको बयान शुरु भएको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने र त्यसपछि अदालतले धरौटी लिएर तारेखमा वा पुर्पक्षका लागि थुनामा पठाउने छ ।











