७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

विदेशी पनि बेवारिसे…

विदेशी पनि बेवारिसे…
अ+ अ-

काठमाडौँ । विसं २०७२ पुसमा चितवनको रामनगरबाट स्थानीयवासीले एक महिला सडकमा अलपत्र रहेको जानकारी गराए ।  तत्कालै मानवसेवा आश्रमकी सुशीला केसी नेतृत्वको टोली उद्धारका लागि खटियो । महिलाको शरीरभरि कमिलाले ढाकेको थियो । हातको घाउ कुहिएर कीरा परेको थियो । घाउको गन्धले वरिपरि जानै मुश्किल पर्ने अवस्थाबाट ती महिलालाई मानव सेवा आश्रमले उद्धार गर्यो । 

तत्कालै उनको भरतपुर अस्पताल लगेर शल्यक्रिया गरियो । “घाउ त एउटा समस्या थियो, उहाँ मनोरोगीसमेत हुनुहुन्थ्यो”, तत्कालीनावस्था स्मरण गर्दै केसीले भन्नुभयो, “विस्तारै उपचार, माया, प्रेम, थेरापी र काउन्सिलिङ गर्दा उहाँको जीवनमा आमूल परिवर्तन आयो ।” ती महिलाको नाम गीता मानव राखियो ।  उहाँ स्वस्थ त हुनुभयो तर बोलेको भाषा बुझ्न सकिएन । आश्रमकी आमा खिमा काफ्लेले उहाँको भाषा बङ्गाली भनेर पत्ता लगाउनुभयो । विस्तारै जानीनजानी बङ्गाली बोलेर उहाँको ठाउँठेगाना पत्ता लगाउने क्रममा उहाँ बङ्गलादेशी यकिन गरिएको काफ्ले सुनाउनुहुन्छ ।

बस्दाबस्दै गीता अहिले थोरै नेपाली भाषा बुझ्न थाल्नुभएको छ भने हिन्दीमा समेत कुरा गर्नुहुन्छ । अहिले दुवैथरिलाई भाषा बुझ्न सजिलो भयो । बङ्गलादेशको राजधानी ढाका नजीकै घर भएका उहाँ पाँच सन्तानकी आमा भएको पत्ता लागेको छ ।  केही अघि मात्रै उहाँलाई नेपालस्थित बङ्गलादेशको राजदूतावासको टोलीले समेत भेटेर घर पुर्याउने आश्वासन दिइसकेको छ । गीता  छिट्टै घरमा पुनस्थापित हुँदै हुनुहुन्छ । उहाँ आफ्नो परिवारसँग भर्चुअलमा नियमित कुराकानी गर्ने गरेको उहाँको रेखदेखमा खटिने अभियानकर्मी नीता केसी सुनाउनुहुन्छ । घरबाट घुम्न निस्कने क्रममा हराएको उनको परिवारले बताएको छ ।  

उहाँ भारत काटेर कसरी बङ्गलादेशबाट यहाँ आइपुग्नुभयो अझै यकिन गर्न सकिएको छैन । पहिले गीतालाई रेखदेख गर्नुपथ्र्यो तर अहिले उहाँले नै अन्य असहायको रेखदेख गर्न थाल्नुभएको छ । आश्रमको एउटा सदस्य नै बन्नुभएका गीतालाई घर पठाउने आश्रमलाई मन थिएन तर उहाँको परिवारको खुशीका कारण पुनः स्थापित गराउन लागिएको छ ।

केहीअघि काठमाडौँबाट उद्धार गरिएका अर्का व्यक्ति पनि बङ्गलादेशबाट आएको पत्ता लागेपछि दूतावासको सहयोगमा परिवारमा पुनःस्थापित गरिएको छ । भारतबाट आएर बेवारिसे हुनेहरु भने धेरै भेटिइसकेका छन् । केही वर्षअघि भारतको पटना नजीकैको एउटा बस्तीमा आश्रम टोली पुगेरै भारतीयको पुनःस्थापना गरिएको थियो ।

मर्यो भनेर माया मारेको छोरा हराएको १२ वर्षपछि घरमा आउँदा परिवारले हर्षका आँशु खसालेको थियो । अहिले पनि आश्रमको बूढानीलकण्ठ शाखामा एक विदेशी छन् । उनले प्रयोग गर्ने भाषा कुन होे भन्ने पत्ता लगाउन सकिएको छैन । कसैले कोरियाली भनिएरहेका छन् त कसैले चिनियाँ भएको बताउँदै आएका छन् ।  विदेशी नागरिक नेपाल घुम्न आउँदा कुनै समस्या परेर अलपत्र हुनु र रोग लागेर थलिनु त एउटा कुरा हो तर नेपालका सडकमा मनोरोगी भएर विक्षिप्तावस्थामा विदेशी नागरिकसमेत यत्रतत्र भेटिएका छन् । त्यसमा अधिकांश भारतीय फेला पर्ने भए पनि तेस्रो मुलुकका नागरिकसमेत नेपालका सडकमा अलपत्र हुने गरेको तथ्य खुलेको छ ।

उनीहरु सडकमा कसरी आइपुगे भन्ने यकिन छैन तर  ३३० भन्दा बढी विदेशी मनोरोगीको सडकबाट उद्धार भइसकेको आश्रमका प्रवक्ता सुमन वर्तौलाले जानकारी दिनुभयो ।  उनीमध्ये पाँच जना तेस्रो मुलुकका छन् भने अन्य सबै भारतीय हुन् । तीमध्ये तीन बङ्गलादेशीसहित ४८ जनाको पारिवारिक पुनःमिलन भइसकेको छ । हाल आश्रममा रहेका एक हजार १०० असहायमध्ये १९८ विदेशी रहेको जनाइएको छ । विसं २०६९ देखि सडकमा रहेका मनोरोगी एवं  बेसहाराको उद्धार गरी संरक्षण दिँदै आएको आश्रमले अहिलेसम्म झण्डै ७००  व्यक्तिको परिवारमा पुनःमिलन गराइसकेको छ । पछिल्लो समयमा सरकारले आश्रमसँग सहकार्य गर्दै आगामी सालभित्र मुलुकलाई नै सडक मानवमुक्त देश बनाउने उद्घोष गरेको छ  ।