• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा ★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार? ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा

पार्टी भित्र देखिएको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन सक्दैन : मन्त्री श्रेष्ठ



काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले पार्टी भित्र देखिएको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताउनु भएको छ । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पार्टी भित्रको अहिलेको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताउनुभएको हो । पार्टीको एकता नै ६० र ४० प्रतिशतको अनुपातमा भएकाले पनि बहुमत र अल्पमतमा जाँदा एकले अर्कोलाई समाप्त गर्ने स्थिति हुने भएकाले दुई अध्यक्षको सहमति बेगर कुनैपनि समस्याको समाधान हुन नसक्ने बताउनुभयो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको १९ पृष्ठ लामो दस्तावेज आरोप पत्र भएकाले पार्टीभित्र छलफल नै गर्न नहुने बताउनुभयो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ३८ पृष्ठ लामो दस्तावेज माथि छलफल गरेर अगाडि बढेमात्रै पार्टीले निकास पाउने पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद अवको चुनावपछी र पार्टी अध्यक्ष पद आगामी महाधिवेसन पछि मात्रै छाडने पनि स्पष्ट रहेको बताउनुभयो । पार्टी एकता दुई अध्यक्षका सहमतिबाट मात्रै सम्भव भएको र सहमतिको आधारमा पार्टीलाई सञ्चालन गर्ने भनिएकाले अहिले पनि दुई अध्यक्षबीच सहमति हुन जरुरी रहेको बताउनुभयो । दुई अध्यक्ष मध्ये एकले समझदारी छाडेपछि समस्या उत्पन्न भएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।