२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

मलाई क्षयरोग भएपछि….

मलाई क्षयरोग भएपछि….
अ अ+ अ-

मलाई ३८ वर्ष अघि विद्यार्थी अबस्थामा, (सन १९८४) मा क्षयरोग लागेको थियो । त्ये बेलामा म तत्कालिन सोभियत संघमा (हाल उक्रोइनमा पढ्थें) झण्डै एकवर्ष अस्पतालमै बसेर उपचार गर्नु पर्यो । औषधिको साथै अस्पतालमा नै दिनमा ४ चोटी भोजन दिइन्थ्यो । डाक्टर र नर्सले मलाई भन्ने गर्थे “औषधि जत्तिकै तिमीले यहाँ दिएको खाना खान जरुरी छ । तिम्रो शरीरमा रोगसाग लड्ने शक्ति कम भएकोले नै तिमी बिरामी परेकी हौ ।” अस्पतालबाट ठिक भएर निस्किदा मेरो तौल ५ किलो बढेको थियो । त्यसपछि मैले आफ्नो स्वास्थ्य र भोजनमा बढी ध्यान दिन शुरुँ गरें ।

अहिले कोरोना संक्रमित भइयो भनेर डराएर तर्सने गर्नु भन्दा आफ्नो बालबालिकाको र घर परिवारको विभिन्न रोगसँग लड्ने शक्ति कसरी बढाउने भनेर विचार गर्नुपर्छ ।

खानाले पनि हाम्रो रोगसँग लड्ने शक्ति बढाउँछन् । त्यसैगरी विभिन्न किसिमका अपहेलित तर सस्तो र सुलभ तरिकाले पाइने विभिन्न दाना, बिउ, मसला र वनस्पतिले पनि रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । यस्ता दाना, बिउहरू प्राय घरमा नै पाइन्छन् । उदाहरणको लागि बेसार र मरिचको प्रयोगको बारेमा पनि धेरै नै छलफल भइसकेको छ । विभिन्न रुघाखोकी लागेका व्यक्तिलार्य मरिच र बेसार तातो पानीमा हालेर ख्वाउने पुरानो चलन हो । अहिले त घरघरमा यो प्रयोग गर्न शुरु गरेको छ ।

भिटामिन ‘सी’ को प्रयोगले संक्रमणबाट बचाउँछ, भनेर विज्ञहरू भन्छन् । किनभने भिटामिन ‘सी’ मा रोग प्रतिरोधात्मक शक्ति हुन्छ । भिटामिन ‘सी’ को खोजी गर्दै औषधि पसलहमा पुग्नुभन्दा पहिले आफ्नै घरमा भिटामिन ‘सी’ भएका वस्तुहरू के छन् भनेर हेरे बेस हुन्छ ।

कागती र अमला प्राय सबै फलफूलमा थोरै धेरै भिटामिन ‘सी’ पाइन्छ । सुकेको अमला, लप्सी पनि भिटामिन ‘सी’ को स्रोत हुन् ।

गोलभेडा, टिमुर, धनिया, बाबरी आदि मिसाएर अचार बनाएर खाँदा भिटामिन ‘सी’ र स्वाद दुबै पाइन्छ । भिटामिन ‘सी’ उमाल्दाखेरी नष्ट हुन्छ, त्यसैले गोलभेडाको अचार बनाउँदा धेरै नपकाएको बेश । कागती पनि उमालेको पानीमा हालेर पकाउने भन्दा पानी आगोबाट निकाली सकेपछि मात्र हाल्नु पर्छ ।
त्यसैगरी टुसा उमारेको केराउ, मटर, चना आदिमा पनि पर्याप्त भिटामिन ‘सी’ पाइन्छ । यिनलाई काँचै सलाद बनाएर खाँदा प्रोटिन लौहतत्व र भिटामिन ‘सी’ पाइन्छन् अर्थात रोगसँग लड्ने शक्ति प्रदान गर्छ । त्यसैगरी गाउँघरमा सजिलै पाइने आलस, फर्सिको बियाँ, सूर्यमुखी फूलको वियाँ पनि सुक्ष्म पौष्टिक तत्वका भण्डार हुन् ।

दिनदिनै अलिअलि प्रयोग गर्दा यिनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । तिलमा १०० ग्राममा १६६४ मि.ग्रा क्याल्सियम पाइन्छ । १०० ग्राम आलसमा २७५ मि.ग्रा क्याल्सियम  पाइन्छ । यी दुबै वस्तुको प्रयोग अचार बनाउँदा प्रयोग गरिन्छ । छोप बनाएर पनि खाइन्छ । लड्डु पनि बनाउन सकिन्छ ।

त्यसैगरी बेवास्ता गरिएको, सस्तो जताततै पाइने बदाम छ । बदाममा पनि रोगसँग लड्ने तत्व हुन्छ । १०० ग्राम बदाममा झण्डै २४ ग्राम प्रोटिन हुन्छ । क्याल्सियम ५४ मि।ग्रा हुन्छ । यो प्रोटिन, र क्याल्सियमको भण्डार नै माने पनि हुन्छ । तर धेरै सस्तो भएकोले वेवास्ता गरिन्छ ।

सूर्यमुखीको बिउमा पनि प्रति १०० ग्राममा २३५ प्रोटिन हुन्छ । यस्ता प्रोटिन र क्याल्सियमले भरिपूर्ण भएका दानाहरू अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । बालबालिकाले खाने दाल, तरकारी, हलुवा आदिमा यी वस्तुहरूको प्रयोग उत्तम हुन्छ । यिनलाई पिसेर, भुटेर पनि खानामा हाल्न सकिन्छ ।

फर्सिको तरकारी स्वस्थकर हुन्छ भन्ने सबैलाई थाहा छ, तर फर्सीको बिउमा पनि पोषक तत्व हुन्छन् भन्ने प्राय थाहा हुन्न । थाहा नभए पनि गाउघरतिर फर्सिको दानालाई भुटेर पिसेर अचार बनाएर खाने चलन चाहिँ छ । शहरतिर चाहिँ त्यसलाई यसै फ्यालिन्छ । फर्सीको बियालाई पनि सुकाएर वर्षभरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा चाहिँ बल्ल सिकिदैँछ । तोरीको दाना प्राय तेल बनाउन प्रयोग गरिन्छ । तर तोरीको दाना अचारमा प्रयोग गर्न सकिन्छ । तोरीको दानाबाट बनाइएको लेदो खानासँग खाँदा स्वाद र स्वस्थ दुबै पाइन्छ ।वेवास्ता गरिएका वनस्पति, दाना र बिउको प्रयोगले भोजनको पौष्टिकता बढ्छ, रोगसँग लड्ने शक्ति पाइने भएकोले यस्ता वस्तुहरूको प्रयोग गर्नको लािग आफ्नो वरीपरी हेरौं मनन गरौं ।

यस्ता वस्तुहरू प्रयोग गरेर कोरोनको संक्रमण नहुने भन्ने चाहिँ होइन, तर संक्रमण भइहाले शरीरमा भएको रोग प्रतिरोधात्मक शक्तिले बचाउँछ भन्ने बुझ्नु पर्छ । साथै अन्य समस्या जस्तो रुघाखोकी, मौसमी ज्वरो आदि पनि भइहाले जटिलता कम हुने संभावना चाहिँ हुन्छ । हरेक कोरोना संक्रमित, तर कुनै लक्षण नभएकाहरूले यी सहजै पाइने वस्तु प्रयोग गरेकै बेश हुन्छ । स्वास्थ्यमा दिगोपन आउँछ ।