२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना लुकाउनु अपराध हो: सभामुख मण्डल



अ+ अ-

काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सूचना लुकाउनु अपराध रहेको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले अयोजना गरेको सुशासनका लागि सूचनाको हक विषयक दुई दिवसीय मधेस प्रदेश स्तरीय गोष्ठीमा बोल्दै सभामुख मण्डलले यस्तो बताउनुभएको हो ।

उहाँले सूचना पाउनु सबै नेपाली नागरिकको अधिकार रहेकाले सूचना लुकाउने काम नेपाली नागरिकको अधिकार हनन हुने बताउनु भयो । व्यक्तिगत स्वार्थ हावी हुँदा सूचना लुकाउने परिपाटी बढ्दै गइरहेको बताउनु भयो । उहाँले सूचना लुकाइने ठाउँमा भ्रष्टाचारले प्रश्रय पाउने बताउनु भयो । प्रत्येक नेपालीलाई सूचनाको हक प्रयोग गर्नतर्फ अग्रसर हुन आग्रह गर्नुभयो । सभामुख मण्डलले सूचनाको लुकाउने बिरुद्ध आवाज उठाउन समेत आग्रह गर्नुभयो ।

गोष्ठीको उद्घाटन सत्रमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार रहेको बताउनु भयो । सूचनाको हक प्रदान गरेर संविधानले नागरिकलाई शक्तिशाली बनाएको उहाँको भनाई थियो । देशका सबै सार्वजनिक निकायले पारदर्शीता, जवाफदेहिता, इमान्दार हुँदै भ्रष्टाचार नियन्न्त्रण गर्ने र सूचना व्यवस्थित रुपमा सार्वजनिक गर्दै जानुपर्ने बताउनु भयो ।

एक अर्को प्रसंगमा प्रमुख सूचना आयुक्त गुरुङले सबैभन्दा बढी सूचनाको हक सम्बन्धि पुनरावेदन मधेस प्रदेशबाटै हुने गरेकोमा खुशी व्यक्त गर्नुभयो । यद्यपि देशभरमा सूचनाको हक प्रयोग गर्न नेपालीहरु जागरुक नरहेको भन्दै सूचना हक बढीभन्दा बढी संख्यामा गर्न आग्रह गर्नुभयो ।