काठमाडौं। आइतबार थप एक हजार ५ सय जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
पछिल्लो ४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका एक हजार ५०० जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या दुई लाख ३५ हजार ७३१ पुगेको छ।
गत २४ घण्टामा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४८ हजार ४२३ पुगेको छ।











