५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एकअर्काका परिपूरक



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एकअर्काका परिपूरक रहेको बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित वार्षिक गतिविधि पुस्तिका २०८०र८१ (वर्ष पुस्तक) हस्तान्तरण कार्यक्रममा उहाँले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेको बताउनुभयो ।

प्रदेश प्रमुख भट्टले मानव अधिकारको विषय सामान्य जस्तो लागे पनि अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै यसको पालनमा सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुुभयो । “मानव अधिकार सबैका लागि हो । आवाजविहीन र सीमान्तकृत समुदायका हकअधिकार स्थापित गर्न, मानव अधिकार प्रत्याभूत गर्न आयोगले महत्वपूर्ण भूमिका छ”, उहाँले भन्नुुभयो, “मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । यस्ता घटना हुनै नदिनेतर्फ सबै सजग र जिम्मेवार हुनुपर्छ ।”

राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिबद्ध रहने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले आयोगलाई भौतिक स्रोतसाधन र आवश्यक पर्ने बजेट विनियोजन प्रदेश सरकार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मानव अधिकार आयोगसहित अन्य आयोगबाट भएका सिफारिस कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहने उहाँको भनाइ छ ।

प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गरिरहँदा अरुको अधिकार हनन गर्न नहुनेमा जोड दिनुभयो । उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन कानुनी शासन आवश्यकपर्ने भन्दै यसका लागि सबै एकजुट भएर सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्दै प्रदेशमा विद्यमान मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।




भर्खरै