५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको इतिहासमै जुलाईमा अधिकतम तापक्रम मापन



अ+ अ-

एजेँसी । जापानमा १२६ वर्ष पहिले मौसम मापन सुरु भएदेखि यस वर्षको जुलाईमा अधिकतम तापक्रम मापन गरेको मौसम विभागले जनाएको छ ।

गत वर्ष जुलाईमा मापन गरिएको औसतभन्दा १.९१ डिग्री सेल्सियस बढी तापक्रमको रेकर्ड तोड्दै यस वर्ष देशको तापक्रम औसतभन्दा २.१६ डिग्री सेल्सियसले बढेको छ ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले बिहीबार राष्ट्रव्यापी रूपमा तथ्याङ्क उल्लेखनीय रूपमा उच्च भएको उल्लेख गर्दै भनेको छ, “सन् १८९८ मा तथ्याङ्क सुरु भएदेखि मापन भएको यो सबैभन्दा उच्च तापक्रम हो ।”

जापानभरिका १५३ मौसम अवलोकन समीक्षामध्ये ६२ ले जुलाईमा आफ्नो औसत तापक्रमको रेकर्ड तोडेको हो ।

प्रशान्त महासागरको उच्च चाप र दक्षिणबाट आएको न्यानो हावा तापक्रम वृद्धि गर्ने मुख्य कारक रहेको जेएमएले बताएको छ ।

विपद् व्यवस्थापन एजेन्सीका अनुसार अप्रिलदेखि जापानमा अत्यधिक तापक्रमका कारण आउने स्वास्थ्य समस्या (हिटस्ट्रोक) का कारण ५९ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले ‘अत्यन्त तातो’ ठानेको ३५ डिग्री तापक्रमको रेकर्डलाई ब्रेक गर्दै गत महिना टोकियोको पश्चिम सिजुओका यस वर्ष ४० डिग्री सेल्सियस तापक्रम पुग्ने पहिलो जापानी क्षेत्र बनेको छ ।

यसैबीच, युरोपेली सङ्घको जलवायु अनुगमनले इतिहासमै पृथ्वीमा रेकर्ड गरिएको सबैभन्दा तातो दिनहरू जुलाईमा अनुभव भएको बताएको छ ।