१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरको माहाकालीमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना



अ+ अ-

कञ्चनपुर । कञ्चनपुर जिल्लाको माहाकाली नगरपालिका १० स्थित कुतिवाकभरमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) कुतिवाकभर स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले मंसीर २८ गते आयोजित एक कार्यक्रमका बीच उक्त बिओपीको उद्घाटन  गर्नुभएको हो । 

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले अहिलेको परिस्थितीमा जनताको सेवा, सुरक्षाको ठूलो जिम्मेवारी आएको हुँदा व्यक्तिगत समस्यालाई ध्यानमा राखी अझै बढि अनुसाशित एवं कर्तव्यनिष्ट भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिनुभयो । 

उहाँले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरीको ठूलो भूमिका रहेको चर्चा गर्नुहुँदै नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिने बताउनुभयो । 

कञ्चनपुर जिल्लाको सदरमुकाम देखि करीव २० किलोमिटरको दुरिमा नेपाल भारत सीमानाका भन्दा करीव २ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ । 

सो कार्यक्रममा उक्त नगरपालिकाका मेयर बीरबहादुर सुनार, उपमेयर चिनी गिरी ओझा, प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरुको समेत उपस्थित रहेको थियो ।