५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा बाढीका कारण १३ जनाको मृत्यु



FILE PHOTO: Rising water levels of the Teesta river flows along the houses at the bank of the river during the flood at Teesta Bazaar in Kalimpong District, West Bengal, India October 4, 2023. REUTERS/Brihat Rai/File photo
अ+ अ-

एजेन्सी । भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौं तिर्थयात्रीहरूको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको बताएका छन् ।

अस्वभाकिक जलवायु परिवर्तनले मनसुनको समयमा विपद्का घटनाहरू बढाइरहेको विज्ञहरूले बताएका छन् ।

बाढीका कारण उत्तरी राज्य उत्तराखण्डमा समाचार तयार पार्दासम्म १३ जनाको मृत्यु भएको विपद् व्यवस्थापन अधिकारी विनोद कुमार सुमनले बताउनुभएको छ ।

हिन्दू धर्मावलम्बिहरुको लोकप्रिय तीर्थस्थल केदारनाथ मन्दिरमा यात्रा गर्ने क्रममा रहेका करिब ७०० जना तिर्थयात्रीहरू बाढीबाट प्रभावित भएपछि हेलिकप्टरबाट उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रभावित तीर्थयात्रीहरूलाई सुरक्षित यात्रा गर्नका लागि हेलिकप्टरहरू प्रयोग गरिरहेको सुमनले बताउनुभयो ।