२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को नतिजा: नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको नतिजामा नियमिततर्फ परीक्षा दिएका कुल ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये ५२.९१ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् ।

यस्तै, ४७.०९ प्रतिशत अर्थात एक लाख ८७ हजार २१ जना विद्यार्थी नन ग्रेडेड (एनजीअनुत्तीर्ण) भएका छन् । त्यसैगरी, ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।

यसैगरी, ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।