९ श्रावण २०८३, शनिबार
,
Latest
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी पूर्वका अधिकांश स्थानमा सकियो रोपाइँ



अ+ अ-

मध्यविन्दु । बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को १८ हजार सात सय १६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार चार सय पाँच हेक्टरमा रोपाइँ सकिएको छ । जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा पनि रोपाइँ सकिएको छभने बौदीकाली र बुलिङटार गाउँपालिकामा केही स्थानमा रोपाइँ बाँकी छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेका अनुसार जिल्लाको कुल खेतीयोग्य ६१ हजार तीन सय हेक्टरमध्ये ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा उपलब्ध  छ भने ४५ प्रतिशत जमिनमा अकासे खेती गर्नुपर्ने बाध्यता छ । यो जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान रोपिएको छ । रासस