१९ माघ २०८१, शनिबार
,
Latest
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री शाही र अस्ट्रेलियन राजदूतबीच भेट



अ+ अ-

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र अस्ट्रेलियन राजदूतबीच भेट भएको छ ।

वन मन्त्रालयमा अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क र वन मन्त्री शाहीबीच भेट भएको हो ।

भेटमा राजदूतले अस्ट्रेलियन सरकारको लगानीमा नेपालमा बिगत लामो समयदेखि सामुदायिक बन खाद्य सुरक्षा क्षमता जीविकोपार्जन जलवायू परिवर्तन जस्ता काम गरेको मन्त्रीलाई जानकारी गराएका थिए ।

अस्ट्रेलियाले नेपालको बन क्षेत्रमा ६० बर्षदेखि काम गर्दै आएको भन्दै राजदूतले जलवायू परिर्वतन जस्ता कामलाई अघि बढाउने चाहाना राखेका थिए । नेपालको वन क्षेत्रमा देखिएको डडेलो नियन्त्रण गर्न समुदाय सक्रिय हुनुपर्ने उनको भनाई छ ।

हिमाली क्षेत्रमा उच्च जोखिममा परेका समुदायलाई सहयोग गर्ने लक्ष्य रहेको पनि राजदूत बताए ।

वन क्षेत्रमा सन १९६६ देखि अस्ट्रेलियन सरकारको सहयोग रहदै आएको वन मन्त्री शाहीले बताए । उनले सामुदायिक बन बिकास परियोजनामा मार्फत नेपालमा वनको पुर्नस्थापना तथा वन प्राबिधिकरण क्षमता अभिबृद्धिमा अस्ट्रेलियन सरकारको महत्वपूर्ण भूमिका रहेको बताए । अस्ट्रेलियन सरकारले जलवायु सामुदायिक वन विपन्न बर्गको जीविकोपार्जनका निम्ति लगानी निरन्तरता दिन मन्त्रीले राजदूतसँग आग्रह गरेका छन् ।