७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

राँके–रवि–भेडेटार सडकलाई गति दिन तत्कालै उपयुक्त निर्णय हुन्छ: मन्त्री नेम्वाङ

राँके–रवि–भेडेटार सडकलाई गति दिन तत्कालै उपयुक्त निर्णय हुन्छ: मन्त्री नेम्वाङ
अ+ अ-

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने बताउनुभएको छ । निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतबार स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री नेम्वाङले सडक निर्माणको कार्य अब अहिलेकै अवस्थामा रहन नसक्ने बताउनुभयो । 

भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडकको हालसम्म भौतिक प्रगति ४३ प्रतिशत हुनुपर्नेमा हालसम्म करीब १२ प्रतिशत मात्रै प्रगति देखिएपछि मन्त्री नेम्वाङले चाँडै उपयुक्त निर्णय लिइने बताउनुभएको हो । “परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग कुरा भइसकेकाले अब ठेक्का तोड्ने वा निश्चित समयमै ठोस प्रगति गर्न लगाउने विकल्प मात्रै बाँकी छन्”, स्थलगत निरीक्षणपछि पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारे बजारमा आयोजित अन्तरक्रियामा मन्त्री नेम्वाङले भन्नुभयो, “जे गर्दा यो सडक निर्माण चाँडो पूरा हुन्छ, मन्त्रालयले सोहीअनुसारको निर्णय लिन्छ ।”

उक्त सडक निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एप्कोका प्रतिनिधिको कुरा सुनेपछि मन्त्री नेम्वाङले निर्माण कम्पनीबाट समस्या सिर्जना गर्ने र दोषारोपण गर्ने काम भएको बताउनुभयो । उहाँले स्थानीयवासीको सुझावका आधारमा निर्णय लिई सडक निर्माणलाई गति दिने दृढता व्यक्त गर्नुभयो । “अहिलेकै गतिले यो सडक समयमा निर्माण पूरा भई जनताले सेवा लिन पाउने अवस्था बन्दैन, यही मन्त्रालयको निष्कर्ष हो ।” मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले समस्या सिर्जना गर्ने तर समाधान गरेर निर्माण कार्यलाई द्रूत पार्न नचाहने प्रवृत्तिले समस्या ल्याएको वताउनुभयो । 

भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माण कार्यमा उल्लेख्य प्रगति हुन नसकेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवको टोलीले स्थलगत निरीक्षण गरेको हो । मेची र कोशी राजमार्ग जोड्ने यो सडकको विसं २०७५ पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । एक सय एक किलोमिटर लामो यो सडक निर्माणको हालसम्म ४३ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा करिब १२ प्रतिशत प्रगति देखिएपछि मन्त्रालयको टोली स्थलगत निरीक्षणमा आएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङ, मन्त्रालयका सचिव श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायतको टोलीले आइतबार यो सडकको चिसापानी पञ्चमीदेखि भेडेटारसम्म निर्माण अवस्थाको निरीक्षण गरेको छ । सरकारले विशेष चासोमा राख्दाराख्दै पनि निर्माण कार्यमा प्रगति नदेखिएपछि आगामी योजना तय गर्न मन्त्रालयको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

टोलीले निर्माणको अवस्थाबारे स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, निर्माण कम्पनी तथा राँके–रवि–भेडेटार सडक आयोजना कार्यालयसँग अन्तक्र्रिया गरेको हो । मन्त्री नेम्वाङले चिसापानी पञ्चमी, कन्याटार, छनम्बर बुधबारे, राजारानी र भेडेटारमा स्थानीयवासीसँग सडक निर्माणमा भएको ढिलासुस्तीबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो । यस्तै राँके–रवि–भेडेटार सडक आयोजना कार्यालयको आयोजनामा पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारेमा सर्वपक्षीय अन्तरक्रियासमेत सम्पन्न भएको छ । अन्तक्र्रियामा सहभागी जनप्रतिनिधि तथा स्थानीयवासीले ठेक्का तोडेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा धनकुटाको चौबीसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला राईलगायतले निर्माण व्यवसायी गैरजिम्मेवार हुँदा समयमा निर्माण सम्पन्न नहुने अवस्था आएको बताउनुभयो । यस आयोजनाका लागि भारतको आयात–निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अमेरिकी डलर तीन करोड २६ लाख १८ हजार ५४१ मा ठेक्का सम्झौता भएको छ । यति लामो सडकखण्डमा केही ठाउँमा कल्भर्ट निर्माण गर्नुपर्ने भए पनि सडक पुल भने कहीँ पनि निर्माण गर्नु नपर्ने आयोजना प्रमुख अभिमनदास मुल्मीले जानकारी दिनुभयो ।