३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.86

Wind: 2.57

Humidity: 77

Latest
पूर्वराजालाई संसदीय समितिमा बोलाउन संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई एनएसएल फुटबल: बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा राप्ती नदीमा डुबेर युवतीको मृत्यु एकीकृत समाजवादीद्वारा स्थानीय समस्या समाधानमा केन्द्रित हुन निर्देशन समाजवाद निर्माणका लागि सबै एकजुट हुन आवश्यक छ पोखरामा इन्जिनियर व्यवसायी दर्ताको परीक्षा सञ्चालन मकालुमा लेक लागेर चिकित्सकको मृत्यु ‘जातीय भेदभाव तथा छुवाछूत रोक्न सबैले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ’ फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० किशोरीलाई साथी सहजकर्ता बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी एफ–१६ लडाकू बिमान युक्रेनी भूमिमा आइपुगे



अ+ अ-

अमेरिकी र युक्रेनी अधिकारीहरुले अमेरिकी लडाकू बिमान एफ–१६ युक्रेनी भूमिमा आइसकेको पुष्टि गरेका छन् । यी लडाकू बिमानको आगमनसँगै रुस–युक्रेन युद्धमा तनाब अझ बढ्ने आँकलन गरिएको छ ।

खासगरी युक्रेनले रुसी हवाई हमलाबाट जोगिन र रुसको कब्जामा रहेका क्षेत्रमा तैनाथ रुसी फौज एवं सैन्य सामग्रीमाथि आक्रमण गर्न यी बिमान अति उपयोगी हुने भन्दै पश्चिमा मुलुकसँग आपूर्तिका लागि निरन्तर आग्रह गरिआएको थियो ।

निकै लामो विवाद र छलफल पश्चात् अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट २०२३ मा यी बिमान युक्रेनलाई उपलब्ध गराउन आदेश जारी गरेका थिए । यो आदेशसँगै युक्रेनी पाइलटहरुले नेटो आबद्ध मुलुकमा गएर एफ–१६ चलाउन लामो अभ्यास गरेका थिए ।

युक्रेनलाई नेटो सदस्य राष्ट्रहरु बेल्जियम, नर्वे, डेनमार्क, नेदरल्यान्ड्सले ६० भन्दा बढी एफ–१६ विमान उपलब्ध गराउने घोषणा गरेका छन् । तर अमेरिका स्वयंले भने यी बिमान युक्रेनलाई उपलब्ध गराएको छैन । यद्यपी कति संख्यामा यी लडाकू बिमान युक्रेन पुगेका छन् भन्ने केही बताइएको छैन ।

पश्चिमा राष्ट्रहरुले यी बिमानमा प्रयोग हुने क्षेप्यास्त्र समेतका बारेमा सबै कुरा प्रष्ट बताएका छैनन् । एफ–१६ मा बेलायतमा निर्मित स्ट्रोम–स्याडो क्षेप्यास्त्र प्रयोग गर्न सकिन्छ जसले २५० किलोमिटर दूरीसम्म आकाशबाट जमिनमा मार हान्न सक्छ । यी क्षेप्यास्त्रले रुसी इलाकामा पनि प्रहार गर्न सक्नेछ र त्यसो भएको खण्डमा यो युद्ध अझ खतरनाक मोडमा पुग्नेछ ।

साथै एफ–१६ बाट हावाबाट हावामा क्षेप्यास्त्र प्रहार गर्न सकिन्छ । यसबाट रुसी बिमानलाई सहजै लक्षित गर्न सकिन्छ जसले अहिले निरन्तर युक्रेनी भूमिमा बमबारी गरिरहेका छन् ।

उता रुसले भने एफ–१६ बिमान युक्रेनमा आउँदैमा कुनै जादुयी नतिजा प्राप्त नहुने चेतावनी दिइसकेको छ । क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले एफ–१६ बिमानलाई लक्षित गरी रुसले प्रत्याक्रमण गर्ने बताएका छन् । एजेन्सी