काठमाडौं । सोमबार देशभर ८ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४२३ जनाको पिसिआर परिक्षणमा ८ सय २१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८ सय ४२ जना डिस्चार्ज भएसंगै कोरोनामुक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको छ ।











