१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान बास्तविक किसान नै होईनन् – चिनी उद्योगी (भिडियो सहित)



अ+ अ-

काठमाडौ । चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान बास्तविक किसान नै नभएको आरोप लगाएका छन् ।  सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखुकिसान नभएको बताएका हुन् । मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भट्टले उद्योगीहरुले आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया भएको बताएको बताउनुभयो ।

विचौलियाहरुले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएको उद्योगीहरुले बताएको मन्त्री भट्टले बताउनुभयो । उद्योगीहरुले शुरुमा किसानलाई भुक्तानी दिएर पछिमात्रै विचौलियाहरुलाई भुक्तानी गर्ने बताएको पनि पत्रकारहरुलाई सुनाउनुभयो । उहाँले भन्नुभयो ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका विचौलियाहरु प्नि रहेछन भने उहाँहरुबाटै थाहा पाएं । सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतघिर मण्डलामा बस्ने किसान संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरुले भनेको आरोप लगाएको कुरा हो । त्यो भएर तपाईहरु आफ्नो तर्फबाट अलि अन्वेषण गर्न प¥यो त्यो के हो भन्ने हामी मन्त्रालयले पनि अध्ययन गरिराखेका छौं ।’
मन्त्री भट्टले मंगलबार बिहान गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा उद्योग मन्त्रालय र कृषि मन्त्रालय बसेर छफल गरी रणनीति बनाउन लागेको पनि मन्त्री भट्टले बताउनुभयो । उहाँले अहिले किसानहरुले इन्दुसंकर सुगर मिल्स, अन्नपूर्ण सुगर मिल्स र श्रीराम सुगर मिल्सको समस्या भएको पनि बताउनुभयो ।