७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कला संस्कृति संरक्षणमा सहयोग गर्न सरकार तयार छ : वन मन्त्री शाही



अ+ अ-

काठमाडौ—वन तथा बाताबरण मन्त्री ऐनबहादुर शाहीले नेपालको कला सस्कृति संरक्षणमा सहयोग गर्न सरकार तयार रहेको बताएका छन ।

मंगलबार नेपाली कला सांस्कृतिक प्रतिष्ठानले राष्ट्रिय नाचघरमा आयोजना गरेको परिचयात्मक तथा बिबिध सांस्कृति कार्यक्रम वन मन्त्री शाहीले कला संस्कृति संरक्षण नभए सम्म देशको समृद्धि नहुने भनाई छ ।

उहा“का अनुसार जात जाति धर्म संस्कृतिमा भरिपूर्ण रहेको नेपालमा कलाप्रेमीले राष्ट्रलाई गुन लगाउनु भएको छ । कर्णाली तथा सुदुरपश्चिम मौलिक संस्कृतिको उदगम थलो रहेको मन्त्री शाहीले भने मौलिक कला संस्कृति जर्गेना गर्न सके पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने छ ।

हाम्रो गौरव हाम्रो शान कला सांस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ नेपालको कला संस्कृतिको संरक्षण तथा अनुसन्धान गर्न उदेश्यले २०८१ सालमा स्थापना गरिएको नेपाली कला सांस्कृति प्रतिष्ठानको मुल उदेश्य रहेको प्रतिष्ठानका अध्यक्ष पदम रोकायाले जानकारी गराए ।

बिगत लामो समय देखि बिबिध सांस्कृति कार्यक्रम बृक्षा रोपण र रारा राष्ट्रिय म्यूजिक अवार्डका कार्यक्रम गर्दै आएको प्रतिष्ठानले जनाएको छ प्रतिष्ठानद्धारा आयोजित बिबिध सांस्कृति तथा परिचयात्मक कार्यक्रममा बिभिन्न कलाकारलाई सम्मान गरिएको छ ।

फोटो-  बन तथा बाताबरण मन्त्रीको सचिवालय