२१ आश्विन २०८१, सोमबार
,
Latest
निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरियो: निवर्तमान प्रदेश प्रमुख शेरचन



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका नि:वर्तमान प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरिएको बताउनुभएको छ ।

मंगलवार कार्यालयमा पत्रकार सम्मेलन गर्दै उहाँले बिना कारण आफूलाई प्रदेश प्रमुखबाट हटाइएको बताउनु भयो । उहाँले प्रदेश प्रमुखलाई हटाउँदा मार्ग प्रशस्त गर्न आग्रह गर्नुपर्ने भएपनि त्यो पालना नभएको भन्दै असन्तुष्टि पोख्नुभयो ।

उहाँले लुम्बिनी प्रदेश प्रमुख नेपाली काँग्रेसको भागमा परेको सुनेको भन्दै उहाँले आफूले कुन विधि मिचेका कारण हटाएको भन्ने नबुझेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश प्रमुखलाई हटाउनु पर्दा अवस्था यस्तो आयो, मार्ग प्रशस्त गर्नुहोला भनेको भए मर्यादाको ठाउँ रहन्थ्यो । त्यो पालना भएको शुरुदेखि अहिलेसम्म म देख्दिन । छिटो हटाउनुपर्छ भनेर हटायो । अहिले आएर यो ठाउँ नेपाली काँग्रेसको ठाउँ भन्ने सुन्छु म । सरकार परिवर्तन हुँदैमा, केन्द्रमा परिवर्तन भयो । तर यहाँको परिस्थिति फरक छ ।

सरकार सरकारबीचमा अन्तरबिरोध भएर विभिन्न बाधा आएर बसेको परिस्थिति होइन, यहाँको प्रमुखलाई हटाउनुको कारण के । के गल्ती गरेको छ । यो प्रदेश प्रमुखले के गल्ती गरेको छ । अमर्यादित ढंगले हटाइएको छ ।’

उहाँले केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेश सरकारले क्षति व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भयो ।