७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

घरमै पहिलोपटक कृषिमन्त्री पुगेपछि किसान दङ्ग

घरमै पहिलोपटक कृषिमन्त्री पुगेपछि किसान दङ्ग
अ+ अ-

कर्णाली । भेरीगङ्गा नगरपालिका–५ सुर्खेतको गेरुवानी गाउँले सुगम हुँदा पनि दुर्गमको परिचय दिइरहेको छ । बबई नदीको किनारमा अवस्थित उक्त गाउँका नागरिकलाई आफ्नै वडा कार्यालय घण्टौँ समय लगाएर छिन्चु कालीदमार नजिक पुग्नुपर्दछ । त्यहाँ पुग्न उनीहरूले एउटा पहाड नाघ्नु पर्दछ । आउँदा जाँदा नभेटिने तर कामले जाऊँ भनेर मात्र पुग्न सकिने सल्यान जिल्लाको कालिमाटीसँग जोडिएको गेरुवानी गाउँमा पहिलोपटक सोमबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसी घरमै पुगेपछि त्यहाँका किसान खुशीले दङ्ग भएका थिए ।

मन्त्रीसँग उनीहरूले मौलिक भेटघाट गरेर आफ्ना कुरा भरपुररूपमा राखे । मन्त्रीसँग किसानले खुलेरै आफ्ना समस्या तथा गुनासा राखे । खासगरी नजिकको सरकार नगरपालिका र वडापालिकाबाट अपेक्षित सहयोग नपाएको उनीहरूको गुनासो थियो । कुखुरापालक किसान लीलाराम ओलीले कोभिड–१९ को अवधिमा ठूलो क्षति व्यहोर्नुपरेको पीडा पोख्नुभयो । “केही गरौँ भनेर सहकारी, सामुदायिक संस्था र व्यक्तिबाट ऋण लिएर रु ५० लाखको लागतमा लीला कृषि एन्ड पोल्ट्री फार्म निर्माण गरी चार हजार २०० लेस जातका कुखुरापालन व्यवसाय सञ्चालन गरेँ”, ओलीले भन्नुभयो, “रानीखेत रोग लागेर चैत महिनामै सबै कुखुरा मरे ।

रु ३३ लाख बरारबको क्षति हुँदा पनि कुनै सरकारले राहत सहयोग गरेनन् । सगरमाथा बीमा कम्पनीले भने रु सात लाख बीमा रकम भुक्तानी दिएको थियो ।” उहाँका अनुसार आएको रकम ब्याज तिर्नमै ठिक भएको छ । यसबाट केही गरौँ भन्ने ऊर्जा घटेको र निराशा जागेको उहाँले बताउनुभयो । आपत्विपद्मा सरकार साथमा नहुँदा किसानको जीवनमा बज्रपात हुने गरेको ओलीको भनाइ थियो । त्यस्तै किसान बलबहादुर नगालले बर्सेनि बबईमा बाढी आउँदा आफ्ना खेतबारी बगरमा परिणत हुने गरेको दुखेसो पोख्नुभयो । नगालले स्थानीय तथा प्रदेश सरकारलाई तटबन्धका जाली (ग्याबिन) सहयोगका लागि अनुरोध गर्नुभयो ।

त्यस्तै अर्का किसान देउराम ओलीले खानेपानी, सिँचाइको पनि त्यत्तिकै समस्या रहेको जनाउनुभयो । नागरिकका समस्यालाई नजिकबाट नियालेर सरकारले असल अभिभावकको काम गर्नुपर्ने उहाँको जिकिर थियो । कृषिमन्त्री केसीले कोरोनाको समयमा कुखुरा क्षति भएको जानकारी नभएको र तत्काल राहत दिन नसके पनि सहयोगको क्षेत्र खोजेर केही कार्यक्रम दिने विश्वास किसानलाई दिलाउनुभयो । “गेरुवानीमा बाख्रापालनको बढी सम्भावना छ”, मन्त्री केसीले भन्नुभयो, “कृषि सहकारी संस्था गठन गरेर अघि बढ्नुस्, सरकार सहकारीमार्फत सहयोग गर्न तयार छ ।”

त्यस्तै मन्त्री केसीले गेरुवानीको सरस्वती आधारभूत विद्यालयको समेत अनुगमन गर्नुभएको छ । उक्त विद्यालयमा शैक्षिक, भौतिक अवस्थाको अनुगमन गर्नुभएका मन्त्रीलाई विद्यालयका प्रधानाध्यापक कोचबहादुर खड्काले खानेपानी र विद्यालय भवनको टड्कारो आवश्यकता भएको देखाउँदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।