२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमा कार्ड मार्फत सूचीकृत अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गरियोस् – बर्तौला



photo: rss
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले स्वास्थ्य विमा कार्ड देखाएर नागरिकले देशका जुनसुकै सूचीकृत अस्पताल मार्फत विशेषज्ञ सेवा लिन पाईने व्यवस्था गर्नुपर्ने बताउनु भएको छ ।

सत्तापक्षको मुख्य सचेतक समेत रहनुभएका बर्तौलाले आज प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै विशेषज्ञ सेवा लिनका लागि प्रथम सेवा विन्दुबाट रिफर ल्याउनुपर्ने व्यवस्था नागरिक मैत्री नभएको उल्लेख गर्नु भएको हो ।

उहाँले भन्नु भयो – “स्वास्थ्य विमा कार्यक्रम सरकारले ल्याएको एक महत्वपुर्ण सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम हो । हाम्रो देशका ७५३ वटै पालिकाहरुमा यो कार्यक्रम विस्तार भएको छ । झण्डै ८० लाख नागरिकहरुको तहमा यो स्वास्थ्य विमा कार्यक्रम पुगेको छ ।”

उहाँले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँदै नागरिकले देशका जुनसुकै सूचीकृत अस्पताल मार्फत विशेषज्ञ सेवा लिन पाईने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।