४ आश्विन २०८१, शुक्रबार
,
Latest
अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खान आँखाको उपचारका लागि अमेरिका जाने



अ+ अ-

एजेन्सी । बलिउडका सुपरस्टार शाहरुख खानले मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएको खबर चर्चामा छ । तर, यो उपचार अभिनेताले चाहेजस्तो हुन सकेन ।

यस्तो अवस्थामा अब शाहरुख आँखाको उपचारका लागि अमेरिका जानेछन् । अभिनेताका नजिकका स्रोतका अनुसार शाहरुख मंगलबार उपचारका लागि अमेरिका जानेछन् ।

एक रिपोर्टमा शाहरुख दुवै आँखामा मोतियाबिन्दुको समस्याबाट पीडित रहेको दाबी पनि गरिएको छ । तर, अहिलेसम्म यस विषयमा अभिनेता वा उनको टोलीबाट कुनै पुष्टि भएको छैन ।

यसअघि शाहरुख हालै निर्देशक तथा साथी फराहलाई भेट्न गएका थिए । यस अवसरमा शाहरुखकी पत्नी गौरी खान र छोरी सुहाना पनि थिइन् । फराहको आमाको निधन भएको थियो ।

कामको कुरा गर्दा शाहरुखको अन्तिम फिल्म ‘डंकी’ गत वर्ष डिसेम्बरमा रिलिज भएको थियो । हाल अभिनेता आफ्ना सन्तान सुहाना र आर्यनको डेब्यु प्रोजेक्टमा काम गरिरहेका छन् । शाहरुख र सुहाना फिल्म ‘किंग’मा सँगै देखिनेछन् ।