काठमाडौं । सरकारलाई आन्दोलनरत उखु किसानहरुले वार्ताका लागि दुई बुँदे सर्त राखेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि पत्र पठाएपछि माइतीघर मण्डलामा आन्दोलनरत किसानले दुई बुँदे सर्त राखेका हुन् ।
उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेश मिश्रका अनुसार मन्त्रालयले पैसा सबै भुक्तानी गर्ने मिति निश्चित गर्नुपर्ने र प्रधानमन्त्री राहत कोष वा अन्य कुनै स्रोतबाट सरकारले किसानको बक्यौता भुक्तानी गर्नुपर्ने सर्त राखेको जानकारी दिए ।











