२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने सरकारको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सिग्देलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकास पाउँदै छन् ।

परम्पराअनुसार शर्मा अवकास पाउनु भन्दा एक महिना अगाडि साउन २४ गतेदेखि विदामा बस्ने भएपछि सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

तनहुँमा जन्मिएका सिग्देलको स्थायी घर भैरहवा हो। सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुन्। उनी २५ बेसिकका एक नम्बरमा सेकेन्ड लेफ्टिनेन्ट भएका थिए। हायर कमान्डमा पनि सिग्देल एक नम्बरमा थिए। उनी हाल बूढानीलकण्ठमा बस्छन्।