• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

तीन जना प्रदेश प्रमुख बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई बर्खास्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले वाग्मतीको प्रमुख यादव शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुखमा तिलक परियारलाई बर्खास्त गर्ने निर्णय गरेको हो । शर्मा एकीकृत समाजवादीका हुन् भने शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।

बर्खास्त गरिएका प्रदेश प्रमुखको ठाउँमा नयाँ व्यक्ति नियुक्त गरिएको छ । वागमतीमा दिपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।

देवकोटा एमालेका नेता हुन् भने घर्ती र जोशी कांग्रेसका पुराना नेता हुन् । जोशी यसअघि पार्टीको केन्द्रीय सदस्य थिए भने घर्ती रोल्पाका पूर्व जिल्ला सभापति हुन् ।