काठमाडौँ। नेपालमा कोरोना संक्रमतिको संख्या साढे २ लाख नाघेको छ । मंगलबार थपिए ९३६ जनासहित संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको हो ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७,११७ जनाको पिसिआर परिक्षण गरिएसंगै हालसम्म नेपालमा १८ लाख ४३ हजार ५८१ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १९ सय ९६ जना रहेका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ जना पुगेको छ ।











