१९ असार २०८३, शुक्रबार
,
Latest
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश तत्काल फिर्ता लिन दाहालको माग



अ+ अ-

काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिष्ट (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शक्ति र सत्ताको दुरुपयोग गरि ल्याईएको अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको बताउनु भएको छ ।  

सरकारले सबैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेपछि अध्यक्ष दाहालको सचिवालयले सामाजिक संञ्जालमा दृष्टिकोण सार्बजनिक गर्दै एक मनोवाद वा सर्वसत्तावाद प्रवृतिलाई बढावा दिंदै ल्याईएको यस प्रकारको अध्यादेश मार्फत मुलुक संचालन गर्न खोज्नु नेपाली जनता र समग्र आन्दोलन माथि नै अपमान हुने जनाएको छ ।   

अध्यक्ष दाहालले अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्ने माग गर्दे पार्टी को स्थायी समितिको बैठक चलिरहेको र अन्तर्विरोध चर्किरहेको बेला, सार्वभौम सम्पन्न संसद लाई समेत बन्धक बनाई अध्यादेश ल्याईनु गलत  भएको जनाउनु भएको छ ।  

यसै बिच सरकारले अध्यादेश जारी गरेपछिको अबस्था र आगामी रणनीति तय गर्न दाहाल र माधब नेपाल नेपाल निकट नेताहरुको छलफल अध्यक्ष दाहाल निबास खुमलटारमा भइरहेको छ ।