१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

इजरायलमा श्रमीक पठाउने सम्झौतप्रति जेटियुसिसीको आपत्ति, तत्काल फिर्ता लिन माग

इजरायलमा श्रमीक पठाउने सम्झौतप्रति जेटियुसिसीको आपत्ति, तत्काल फिर्ता लिन माग
अ अ+ अ-

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले युद्धग्रस्त मुलुकहरुमा नेपाली श्रमीक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

जेटियुसिसीले युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा नेपाली श्रमीक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपाली श्रमीकलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदुत हनन गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरुको संख्या बढाउने सहमति भएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले रोजगारीको नाममा जान्दाजान्दै पनि युद्धग्रस्त मुलुकमा श्रम स्वीकृति दिँदै श्रमीक पठाउने कुरा मानवीयतामाथिको अन्याय भएको बताउनु भयो । उहाँले युद्धग्रस्त देशबाट नेपाल फर्किन चाहने नेपालीलाई फर्काउन नसकेको अवस्थमा पुन: युद्धग्रस्त देशमा श्रमीक पठाउने कुरा जायज नरहेको बताउनु भयो । उहाँले युद्धग्रस्त मुलुकमा श्रमीक पठाउने विषय संवेदनशील रहेको भन्दै युद्धग्रस्त देशमा श्रमीक पठाउन हतार गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युद्धग्रस्त मुलुकमा श्रमीक पठाउने विषय अत्यन्त संवेदनशील विषय हो । जुन मुलुक युद्धग्रस्त छ, जुन मुलुक दुवन्द्वरत छ, त्यस्ता मुलुकबाट भएका श्रमीकलाई पनि फिर्ता ल्याउनुपर्ने हुन्छ । उदाहरणका लागि बंगलादेशमा अहिले द्वन्द्व चर्किरहेको छ । द्वन्द्वरत अवस्थामा पनि हामीले त्यहाँका विद्यार्थीलाई मुलुक फर्काइरहेका छौँ । युद्धग्रस्त देशमा अहिलेको अवस्थामा श्रमीक पठाउने विषय मानवीय विषय होइन । जायज कुरा होइन । भर्खरै मात्र सरकारले युद्धग्रस्त मुलुक इजरायलमा केयर गिभरका रुपमा श्रमीकहरु पठाउने निर्णय गरी प्रक्रिया अघि बढाएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । इजरायलमा कार्यरत रहेका श्रमीकहरु अन्यत्र मुलुकमा फर्किरहेका छन् । जुन मुलुकमा केही समयअघि भएको युद्धमा हाम्रा नागरिकहरु युद्धबन्दीको रुपमा रहेका छन् ।’

‘विपिन जोशीको अवस्था के छ रु उनलाई मुलुक फर्काउन सकिएको छैन । कुन बेला युद्ध फेरि भड्किन्छ थाहा छैन । अहिले हतार गर्नु हुँदैन थियो । यसलाई अत्यन्त संवेदनशीलताको रुपमा लिएका छौँ । इजरायल तथा युद्धग्रस्त देशहरुमा श्रमीक पठाउनु हुँदैन । रोजगारीको आवश्यकता छ भन्दैमा युद्धग्रस्त देशमा पठाउनु हुँदैन । अहिले रोजगारीको भयावह अवस्था छ । हामीले युवाहरु जो छन्, उनीहरुलाई व्यवस्थापन गर्न सकेनौँ भने ति युवाहरुमा मुलुकप्रतिको दुराभाव सिर्जना हुनसक्छ । त्यो खतरनाक छ । हामीले उनीहरुलाई तत्काल रोजगार दिन सक्नुपर्छ । त्यो नसके सुरक्षित र मर्यादित खालको रोजगारी छ भने उनीहरु शोषित नहुनेगरी पठाउनुपर्छ । तर हाम्रो मुख्य जोड मुलुकभित्रै रोजगारी सिर्जना गर्नुपर्छ । खाडी मुलुक अहिले संवेदनशील भएर गएको छ । कुनैपनि बेला युद्ध भड्किनसक्ने देखिएको छ ।’

अध्यक्ष कुँवरले देशमा रोजगारीको अवस्था भयावह रहेको भएपनि युद्ध नभएका देशमा श्रम सम्झौता गरेर श्रमीक पठाउन सकिने बताउनु भयो । श्रमीकहरुले मर्यादित र शोषण नहुने गरी काम पाउने देशमा मौ श्रमीक पठाउनु उचित हुने बताउनु भयो । सकेसम्म देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आफूहरुको माग रहेको पनि बताउनु भयो ।