१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा



अ+ अ-

काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेशका कारण पार्टी भित्र र बाहिरबाट चरम आक्रोस व्यmक्त भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न अहिले शीतल निवास पुगेका छन् ।

संवैधानिक परिषदमा ३ सदस्यीय सदस्यको उपस्थितिमा बैठक र बहुमतका आधारमा निर्णय गर्नसक्ने प्रावधान राख्दै अध्यादेश जारी गरेपछि साँझ बैठक राखेका प्रधानमन्त्री अहिले राष्ट्रपति भेट्न शितल निवास पुगेका हुन् ।

प्रधानमन्त्रीकै इच्छामा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार दिउँसो जारी गरेकी थिइन । संवैधानिक परिषद बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुगेका बताइएको छ ।

साँझ संवैधानिक परिषदको बैठक सकेलगत्तै प्रधानमन्त्री शीतल निवास पुगेका हुन् । तर सो परिषद बैठकले के निर्णय गर्यो भन्ने बारेमा भने अहिलेसम्म केही जानकारी आइसकेको छैन ।