• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

त्रिशूलीमा हराएको १९ किलोको चुम्बक भेटियो



काठमाडौं । त्रिशूली नदीमा बेपत्ता यात्रु र बस खोज्न प्रयोग गर्ने क्रममा हराएको चुम्बक आज भेटिएको छ । शनिबार हराएको चुम्बक आज भेटिएको हो ।

गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता भएका दुई बसको खोजीका क्रममा हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटिएको हो । चुम्बक र लाइफ ब्वाइ ट्युब नारायणी नदीको काभ्रेघाटमा भेटिएको बताइएको छ ।

साउन ५ मा आएको भारतीय टोली भने ८ दिनको प्रयासमा पनि बस भेट्टाउन असफल भएपछि आइतबार फर्किसकेको छ ।

गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् ।

नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरू भएको १८ दिनसम्म पनि दुई बस तथा ३८ यात्रु अझै फेला पर्न नसकेका हुन् ।