७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीमा हराएको १९ किलोको चुम्बक भेटियो



अ+ अ-

काठमाडौं । त्रिशूली नदीमा बेपत्ता यात्रु र बस खोज्न प्रयोग गर्ने क्रममा हराएको चुम्बक आज भेटिएको छ । शनिबार हराएको चुम्बक आज भेटिएको हो ।

गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता भएका दुई बसको खोजीका क्रममा हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटिएको हो । चुम्बक र लाइफ ब्वाइ ट्युब नारायणी नदीको काभ्रेघाटमा भेटिएको बताइएको छ ।

साउन ५ मा आएको भारतीय टोली भने ८ दिनको प्रयासमा पनि बस भेट्टाउन असफल भएपछि आइतबार फर्किसकेको छ ।

गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् ।

नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरू भएको १८ दिनसम्म पनि दुई बस तथा ३८ यात्रु अझै फेला पर्न नसकेका हुन् ।