• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै



काठमाडौं । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।

प्रधानको सुनुवाइ सकिइसकेकाले आज दिउँसो साढे ११ बेजे बोलाइएको बैठकले अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने छ ।

गत असार २ गते संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा उनीविरुद्ध उजुरी परेकाले सुनुवाइमा ढिलाइ भएको हो ।

नौ साउनमा प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित गरिएको थियो ।

अब आजको बैठकले उनको अनुमोदन गर्ने कि नगर्ने भनेर निर्णय गर्ने सम्भावना रहेको छ ।