• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि



काठमाडौँ । वुमन्स एसिया कपको उपाधि श्रीलंकाले जितेको छ । भर्खरै सम्पन्न फाइनलमा खेलमा भारतलाई ८ विकेटले हराउँदै आयोजक श्रीलंकाले पहिलोपटक उपाधि जितेको हो ।

१६६ रनको लक्ष्य पाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि हर्षिता समराविक्रमाले सर्वाधिक ६९ रनको अविजित योगदान दिइन् । ५९ बल खेलेकी उनले ६ चौका र २ छक्का प्रहार गरिन् । यस्तै, चमारी अथपथ्थुले ४३ बलमा ६१ रनको योगदान दिइन् । यस्तै, कविसा दीलहरी १६ बलमा ३० रनसहित अविजित रहिन् ।

भारतका लागि बलिङमा दिप्ती शर्माले एकमात्र विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन जोडेको थियो । उसका लागि स्मृति मन्धनाले ६०, ऋचा घोषले ३०, जेमिना रोड्रीग्वेजले २९, शेफाली वर्माले १६ हरमनप्रीत कौरले ११ रन जोडिन् ।

बलिङतर्फ श्रीलंकाका कविसा दीलहरीले २, सचिनी निसन्सला, चमारी अथपथ्थु र उडेसिका प्रवोधनीले १–१ विकेट लिए । महिला एसिया कपमा भारत सर्वाधिक सफल टीम हो । आजको समेत गरी ९ संस्करणमा भारतले ७ पटक यस प्रतियोगिताको उपाधि जितेको छ ।