१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

31.27°C

काठमाडौं

31.27°C

Kathmandu

Feels-like: 29.41

Wind: 5.14

Humidity: 22

Latest
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग प्रधानमन्त्रीसँग भारतीय विद्युत मन्त्रीको भेट देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु सरकार सञ्चालनमा समस्या छैनः गृहमन्त्री लेखक निजामति विधेयकः सहमति हुन नसकेका विषयमा शिर्ष नेतृत्वसँगको छलफलमा टुंग्याइने आन्दोलन स्थगित गरेर विधेयक टुंग्याउने विषयमा सहयोग गर्न कर्मचारी संगठनहरुलाई काँग्रेसको आग्रह माओवादी केन्द्रको आरोप – ‘सरकार पूर्ण रूपमा फेल भइसक्यो’ ‘वैशाखको अन्तिमसम्ममा संसदबाट शिक्षा विधेयक पारित हुन्छ’ रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगी व्यवसायीका समस्याप्रति मधेश सरकार गम्भीर छ: मुख्यमन्त्री सिंह



अ+ अ-

महेन्द्रनगर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले भन्नुभयो–“मैले व्यवसायीहरुका समस्या बुझेको छु, उनीहरुलाई भारतबाट सामान ल्याउन समस्या भइरहेको छ । करको झन्झट छ, भन्सार कार्यालयमा दक्ष जनशक्ति अभावले पनि काम गर्न कठिनाइ भएको छ ।”

मधेशमा बेरोजगारी अत्यधिक रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले यसलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो । धनुषा र सिरहामा कमला नदीको बगर क्षेत्रमा खेतीपाती गरी रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको योजना रहेको उहाँको भनाइ थियो । मधेशमा स्थापना भएका उद्योगमा स्थानीयले रोजगारी नपाएको भन्दै उहाँले त्यसतर्फ ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

“व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्दा स्थानीयलाई रोजगारी दिनुपर्छ”, मुख्यमन्त्री सिंहले भन्नुभयो । उद्योगी व्यवसायीको हकहितका लागि प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि नीति निर्माण तहमा समेत सरोकारवालालाई सहभागी गराइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतको उपस्थिति रहेको थियो ।