१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस–एमालेको गठबन्धन सर्वसत्तावादको अभ्यास : महामन्त्री बर्तौला



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले कांग्रेस–एमालेबीच राता–रात भएको गठबन्धन सर्बसत्तावादको अभ्यास भएको बताएका छन् ।

पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री बर्तौलाले ब्रम्हलुटलाई निरन्तरता दिन र भ्रष्टाचारिलाई चोख्याउने बाहेक यो गठबन्धनले कुनै नयाँ आशाको संचार गर्न नसक्ने समेत दाबी गरेका हुन् ।

स्थिरताको गफ दिनेहरु नै अस्थिरता सिर्जना गर्दै सरकार परिबर्तनमा लिप्त हुनुले चिप्लो र आदर्शबादी ओठे कुराले स्थिरता र स्थायित्वको सपना पूरा हुननसक्ने भन्दै उनले दुई दल मिलेर निरङ्कुशता तर्फ मुलुकलाई लैजान खोजे त्यो प्रत्युत्पादक हुने समेत बताए ।

जनतामा देखिएको निराशा र आक्रोशलाई बुझेर आन्दोलनमा जानुको बिकल्प नभएको भन्दै उनले राष्ट्रबादी शक्तिहरु सङ्किर्ण र साँघुरो सोचाई बाट ग्रसित भएको समेत टिप्पणी गरे। राष्ट्रबादी शक्तिहरुमा देखिएको अदूरदर्शि चिन्तन र इगोका कारण गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताले झाङ्गिने मौका पाएको भन्दै सबै एकजुट हुन सके ब्यबस्था परिबर्तन हुन समय नलाग्ने उनको धारणा थियो ।

कार्यक्रममा टुकोनमा अध्यक्ष हिक्मतजङ्ग भण्डारी,बलदेब तामाङ ,दावा शेर्पा,कर्मडोल्कर गुरुङ लगायतले श्रमिकहरुको हक हितका बारेमा बोलेका थिए ।