१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस–एमालेको गठबन्धन सर्वसत्तावादको अभ्यास : महामन्त्री बर्तौला



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले कांग्रेस–एमालेबीच राता–रात भएको गठबन्धन सर्बसत्तावादको अभ्यास भएको बताएका छन् ।

पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री बर्तौलाले ब्रम्हलुटलाई निरन्तरता दिन र भ्रष्टाचारिलाई चोख्याउने बाहेक यो गठबन्धनले कुनै नयाँ आशाको संचार गर्न नसक्ने समेत दाबी गरेका हुन् ।

स्थिरताको गफ दिनेहरु नै अस्थिरता सिर्जना गर्दै सरकार परिबर्तनमा लिप्त हुनुले चिप्लो र आदर्शबादी ओठे कुराले स्थिरता र स्थायित्वको सपना पूरा हुननसक्ने भन्दै उनले दुई दल मिलेर निरङ्कुशता तर्फ मुलुकलाई लैजान खोजे त्यो प्रत्युत्पादक हुने समेत बताए ।

जनतामा देखिएको निराशा र आक्रोशलाई बुझेर आन्दोलनमा जानुको बिकल्प नभएको भन्दै उनले राष्ट्रबादी शक्तिहरु सङ्किर्ण र साँघुरो सोचाई बाट ग्रसित भएको समेत टिप्पणी गरे। राष्ट्रबादी शक्तिहरुमा देखिएको अदूरदर्शि चिन्तन र इगोका कारण गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताले झाङ्गिने मौका पाएको भन्दै सबै एकजुट हुन सके ब्यबस्था परिबर्तन हुन समय नलाग्ने उनको धारणा थियो ।

कार्यक्रममा टुकोनमा अध्यक्ष हिक्मतजङ्ग भण्डारी,बलदेब तामाङ ,दावा शेर्पा,कर्मडोल्कर गुरुङ लगायतले श्रमिकहरुको हक हितका बारेमा बोलेका थिए ।